प्रधानमन्त्री ओली र युरोपियन युनियनको प्रतिनिधिमण्डलबीच भेट
सोमबार, जेठ ५, २०८२
यही जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा सम्पन्न सगरमाथा संवादका लागि पहिलो पटक युरोपियन युनियनका यति धेरै राजदूतहरू एकै पटक नेपाल आएका हुन् ।
पूर्वमन्त्री बस्नेतको कार्यक्रम बिथोल्न जान लागेका माओवादीका नेता कार्यकर्ता बाटोबाटै फर्किए
सोमबार, जेठ ५, २०८२
बस्नेत भने पूर्वनिर्धारित कार्यक्रम अनुसार सोमबार बिहानै सिन्धुपाल्चोक हान्निएका छन् । टेरामिक्स खरिद प्रकरणमा भ्रष्टाचार गरेको भन्दै बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा परेको छ । त्यसलाई आधार बनाएर लिंसखुपाखर र सुनकोसीले विज्ञप्ति जारी गरेका थिए । सांसद सापकोटाको निर्देशनसँगै माओवादी केन्द्र ब्याक हटेको छ भने नेकपा एमालेले के गर्छ हेर्न बाँकी...
२५ करोड अवैध रकम बरामदबारे सदनलाई जानकारी चाहियो : खतिवडा
सोमबार, जेठ ५, २०८२
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले २५ करोड बराबरको अवैध रकम समाएको घटनामा ड्राइभर र लोडरलाई मात्र समात्ने, धनीलाई नसमाउने भन्दै त्यसमा को–को संलग्न छन् सदनलाई जानकारी गराउन अनुरोध गरेका हुन् ।
‘३४ दिन गृह मन्त्रालय सम्हाल्दा रवि लामिछानेले सबै तस्करहरू नियन्त्रणमा लिए’
सोमबार, जेठ ५, २०८२
साथै उनले न्यायालयप्रतिको विश्वास कमजोर हुँदै गइरहेको बताए । उनले न्यायालयले न्याय देला भनेर विश्वास गर्ने ठाउँ कहीँ कतै नरहेको बताए । उनले भने, ‘आज न्यायालयहरूले विभिन्न संरक्षण त दिइरहेको छ तर यो अभ्यासले गर्दा न्यायालयप्रतिको विश्वास कमजोर भइरहेको छ । न्यायालयले न्याय देला भनेर विश्वास गर्ने ठाउँ कमजोर हुँदै...
हुम्लामा फुटयो हिमताल, बस्ती जोखिममा परेपछि उद्धार गर्न प्रचण्डको आग्रह
सोमबार, जेठ ५, २०८२
उनले जलवायु परिवर्तनको बढ्दो असरका कारण हिमताल फुट्ने जोखिम बढिरहेकाले यससम्बन्धी बहसलाई राजधानीमा मात्रै केन्द्रित नगरी सम्बन्धित क्षेत्रको वैज्ञानिक अध्ययन र पूर्वतयारीका कार्यमा समेत ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।
मन्त्रिपरिषद्को बैठक बस्दै, होला त गर्भनर नियुक्ति ?
सोमबार, जेठ ५, २०८२
समितिको बैठक आजै बसेर गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने जनाइएको छ । समितिले सिफारिस गरेका ३ जना मध्येबाट एक जनाको नाम मन्त्रिपरिषदले अनुमोदन गर्ने जनाइएको छ ।
मध्यपहाडी लोकमार्गको अवधारणा बसाइसराइ न्यूनीकरण गर्न अघि बढाइएको हो : अध्यक्ष दाहाल
सोमबार, जेठ ५, २०८२
दैलेखमा मध्यपहाडी लोकमार्गको करिब १२५ किलोमिटर खण्ड पर्ने जानकारी दिँदै अध्यक्ष दाहालले उक्त खण्ड सबैभन्दा लामो भएको बताए । उनले उत्तर–दक्षिण लोकमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी मार्गको अवधारणालाई व्यावसायिक तथा आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यका साथ अघि सारिएको स्पष्ट पारे ।
एमालेका केन्द्रीय सल्लाहकार राप्रपा नेपालमा प्रवेश
आइतबार, जेठ ४, २०८२
सुनसरीको इनरुवामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आन्दोलनको बारेमा अनावश्यक भ्रम फैलाउन खोजिएको भन्दै थापाले आन्दोलन शान्तिपुर्ण भद्र अवज्ञाको रूपमा अघि बढ्ने दाबी गरे ।
नेताहरूलाई गाली गरेर मात्रै देश सुधार्न सकिँदैन - मन्त्री पाण्डे (भिडियोसहित)
आइतबार, जेठ ४, २०८२
त्यस्तै उनले नकारात्मक कुराले नेपाल बनाउन नसकिने पनि धारणा राखे । सबै सकारात्मक कामहरू गर्दै गयो भने मात्रै स्वास्थ्य, शिक्षा सबै क्षेत्रलाई अगाडि बढाउन सकिने उनको भनाई छ ।
शान्तिपूर्ण आन्दोलनमार्फत नै एजेण्डा स्थापित गर्ने लिङ्देनको उद्घोष (भिडियोसहित)
आइतबार, जेठ ४, २०८२
उनले भने, ‘सबैले आफ्नो जिम्मेवारी कर्तव्य इमानदारितापूर्वक निर्वाह गर्नुपर्छ । शान्तिपुर्ण आन्दोलनले एजेण्डा स्थापित गरेरै छाड्छौं । हामी एजेण्डाको नजिक पुगेका छौं । तर यसको लागि कोहि पनि उत्ताउलो हुनु हुँदैन । विग्रियो भने हामीबाटै बिग्रिने हो । हामी सबै जिम्मेवार हुनुपर्छ । इमानदार हुनुपर्छ ।’
सुनकोशी गाउँपालिकाले भन्यो: ठोकर्पाको स्वास्थ्य चौकी भवनको उद्घाटन पूर्व स्वास्थ्य मन्त्री बस्नेतबाट नगर्नू
आइतबार, जेठ ४, २०८२
गाउँपालिका अध्यक्ष टपिन्द्र तिमल्सिनाले आइतबार एक विज्ञप्ति जारी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दाका अभियुक्त रहेका बस्नेतबाट भवनको उद्घाटन गर्ने तयारीको प्रचार प्रसार भइरहेको पाइएको भन्दै आपत्ति जनाएका हुन् ।
नदी किनारका बासिन्दा आकाश हेरेर डराउन थाले, सरकार चुपचाप छ : चौधरी (भिडियोसहित)
आइतबार, जेठ ४, २०८२
उनले जिम्मेवारी निकायको उपस्थित नभएको भन्दै सरकार बारम्बार बाढीपछिको उद्धारको कुरा गर्ने तर बाढी पूर्वको तयारी किन गर्दैनौ भन्दै प्रश्न उठाइन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको छानबिन गर्न गठित उपसमिति संयोजकमा मञ्जु खाँण
आइतबार, जेठ ४, २०८२
यसअघि उक्त उपसमितिको संयोजक एमालेका सांसद योगेश भट्टराई नेतृत्वको उपसमितिले रुपन्देहीको भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार र अनियमिततामाथि छानबिन नै नगरी प्रारम्भिक प्रतिवेदन तयार पारेपछि प्रश्न उठेको थियो । उपसमिति संयोजकका रूपमा आफूमाथि प्रश्न उठेपछि भट्टराईले आफू उक्त जिम्मेवारीमा नबस्ने घोषणा गरेका थिए ।
साताको लोकप्रिय

