Harsamaya

काठमाडौं - नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले नदी किनारका बस्तीहरु बाढीको त्रासमा बाँचिरहेको बताएकी छन् । 

आइतबार बसेको प्रतिनिधि सभामा बोल्दै उनले बर्षायाम सुरु हुन लागेको भन्दै उनले सभामुखमार्फत नदी किनारका बस्तीहरू बाढीको त्रासमा रहेको बताएकी हुन् । 
 
‘बर्खायाम आउँदैछ । हावाहुरीले संकेत दिइसकेको छ । विषेशगरी कर्णाली क्षेत्रका भजनी गाउँपालिका, जोसिपुर नगरपालिका साथै अधिकांश कर्णाली नदी लगायतका अन्य नदी किनारका बस्तीहरू बाढीको त्रासमा बाँचिरहेका छन् । त्यहाँका मानिसहरू अहिले नै आकाश हेरेर डराउन थालेका छन्,’उनले भनिन् । 

उनले जिम्मेवारी निकायको उपस्थित नभएको भन्दै सरकार बारम्बार बाढीपछिको उद्धारको कुरा गर्ने तर बाढी पूर्वको तयारी किन गर्दैनौ भन्दै प्रश्न उठाइन् । 


 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १५:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update