आँबुखैरेनी–मुग्लिन सडक दुई घण्टा बन्द हुने
सोमबार, कात्तिक १०, २०८२
आँबुखैरेनी गाउँपालिका–४, साँखरमा भूकम्प प्रतिरोधकता परीक्षणका लागि राति १२ देखि २ बजेसम्म उक्त खण्ड पूर्णरूपमा बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकतर्फ ४० ठेक्का तोड्न सार्वजनिक सूचना जारी
आइतबार, कात्तिक ९, २०८२
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए । सोही बमोजिम ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको थियो ।
संसद भवन निर्माणको काम समयमै सक्न मन्त्री घिसिङको निर्देशन [भिडियोसहित]
शनिबार, कात्तिक ८, २०८२
निरीक्षणका क्रममा मन्त्री घिसिङले संसद भवन निर्माण कार्यमा देखिएका ढिलाइप्रति चिन्ता व्यक्त गर्दै निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।
हुम्लामा ३३५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण हुँदै
शुक्रबार, कात्तिक ७, २०८२
नदी प्रवाहमा आधारित सो आयोजना कर्णाली नदी बेसिनको एक प्रमुख आयोजना हो । बाह्रेमासे हिम नदीका रूपमा परिचित हुम्ला कर्णालीमा निर्माण हुने भएकाले पनि यस आयोजनालाई महत्त्वपूर्ण रूपमा हेरिएको हो ।
थप १० जलविद्युत् आयोजनालाई निर्माण अनुमति
बुधबार, कात्तिक ५, २०८२
विभागले हालसम्म कूल एक सय ८५ आयोजनालाई सर्वेक्षणको अनुमति दिएको छ । यस्तै विभागका कूल ५९ वटा परियोजनाले निर्माण अनुमतिपत्रका लागि आवेदन दिएका छन् । ती आयोजनाको कूल क्षमता १० हजार पाँच सय ३२ मेगावाट बराबर छ ।
रामेछापमा मध्यपहाडी लोकमार्ग निर्माण सकिने बित्तिकै धसियो
मंगलबार, कात्तिक ४, २०८२
यस विषयमा पुष्पलाल मध्यपहाडी लोकमार्ग योजना कार्यालय रामेछापका सूचना अधिकारी हर्क बहादुर प्रधानले माथिबाट पानी बगेको कारण सडक धसिएको र त्यसको मर्मत गरिने जानकारी दिए ।
छिन्दु खोलाको पुलले स्थानीयको समस्या समाधान
मंगलबार, कात्तिक ४, २०८२
उनका अनुसार गुम्बा गाउँ र लाम्पाटा गाउँमा भोटे जनजातिका करिब ३५ घरधुरी परिवार बसोबास गरिरहेका छन् । छिन्दु खोलामा १० वर्षमा ७ जना बगेर बेपत्ता भएका थिए भने कयौँ भेडा, च्याङ्ग्रा, गोरु, भैँसी बगेका थिए। उक्त खोलामा पुल निर्माण नहुँदासम्म बर्षेनी ठुलो धनजनको क्षति हुँदै आएको थियो।
सडक थप ५० रुग्ण ठेक्का तोड्न सार्वजनिक सूचना
आइतबार, कात्तिक २, २०८२
सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ ।
धोबहा खोलाको पुल निर्माण ठेक्का रद्द
शनिबार, कात्तिक १, २०८२
पुल सेक्टर नेपालगञ्जले उक्त कम्पनीविरुद्ध कानुन बमोजिम कारबाही अघि बढाएको जनाएको छ । साथै, सार्वजनिक खरिद ऐन २०६३ को दफा ६८(१)(क)(ख) र (ग) अनुसार आवश्यक कारबाहीका लागि सिफारिस गर्ने तयारी गरिएको सूचनामा उल्लेख छ ।
सडक र पुलका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु, १७ वटा ठेक्का तोडिंदै
शुक्रबार, असोज ३१, २०८२
सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ ।
सिँचाइका रुग्ण ठेक्का तोड्न सुरु, बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिंदै
बिहीबार, असोज ३०, २०८२
बबई सिँचाइ आयोजनाले करिब ६ वर्ष अघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया—५ सँग गरिएको ठेक्का सम्झौता तोड्ने बिहीबार सार्वजनिक सूचना जारी गरेको छ ।
१४ वर्षदेखि अलपत्र पारिएको कन्काई पुलको निरीक्षणमा पुगे कुलमान
आइतबार, असोज २६, २०८२
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार १४ वर्षदेखि अलपत्र पारिएको झापाको कन्काई पुलको निरीक्षण गरेका छन् ।
अस्थायी डाइभर्सन बनेपछि बिपी राजमार्गमा सवारी चाप
शनिबार, असोज २५, २०८२
गत असोज १७ गते रातिदेखि तीन दिनसम्मको अविरल वर्षाले बिपी राजमार्गको काभ्रे खण्डमा चौकिडाँडादेवी माम्तिसम्म १४ ठाउँभन्दा बढी स्थानमा क्षति पुर्याएको थियो ।
साताको लोकप्रिय

