मकवानपुर हुँदै काठमाडौं जाने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
हेटौँडा - पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौं आवतजावत गर्ने सवारीसाधनको चाप बढेको छ।
सवारी चाप व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले मालवाहक सवारीलाई कान्ति लोकपथ र १४ सिटभन्दा ठूला यात्रुवाहक सवारीलाई त्रिभुवन राजपथ प्रयोग गर्न आग्रह गरेको छ।
त्यस्तै, १४ सिटसम्मका साना यात्रुवाहक सवारीसाधनलाई भीमफेदी–देउराली मार्ग हुँदै सञ्चालन गर्न प्रशासनले अनुरोध गरेको छ।
प्रशासनले अत्यावश्यक कामबाहेक काठमाडौं यात्रा नगर्न, निजी सवारीसाधन अनावश्यक रूपमा नचलाउन, जथाभावी ओभरटेक नगर्न तथा ट्राफिक प्रहरीको निर्देशन पालना गर्न आग्रह गरेको छ।
प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३ २०:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

