Harsamaya
चोगटे–सरमथली–जीरोकिलो सडक स्तरोन्नति तीव्र, रसुवा जाने वैकल्पिक मार्ग सहज बनाइँदै
वैकल्पिक सडक खुलाउँदै ।

काठमाडौं - रसुवा जाने वैकल्पिक मार्गका रूपमा रहेको चोगटे–सरमथली–जीरोकिलो सडक निर्माण तथा स्तरोन्नतिको काम तीव्र पारिएको छ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाका अनुसार बिहानैदेखि सडक निर्माणका क्रममा देखिएका समस्या समाधान गर्दै कामलाई निरन्तरता दिइएको छ। सडकलाई फराकिलो र सहज बनाउने कामसमेत तीव्र रूपमा अघि बढाइएको उनले बताएका छन्।

भोटेकोसी बाढीका कारण नियमित सडकमार्ग प्रभावित भएपछि वैकल्पिक मार्गको स्तरोन्नतिलाई प्राथमिकता दिइएको हो। सडक सहज बनेसँगै स्थानीय नागरिकको आवतजावत तथा राहत र अत्यावश्यक सामग्रीको ओसारपसारमा सहजता हुने अपेक्षा गरिएको छ।

मुख्यमन्त्री थापाले नागरिकको सहज यात्रा र सुरक्षित भविष्यका लागि सडक निर्माण तथा स्तरोन्नतिको काम निरन्तर अघि बढाइने बताएका छन्।

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update