दैजी–लिप्ना सडक : सात वर्षमा पाँच किमी सडक कालोपत्र
बिहीबार, माघ १०, २०८१
कञ्चनपुरको वेदकोट नगरपालिका–३स्थित दैजी–लिप्ना सडकखण्डको पाँच किलोमिटरमा कालोपत्र गर्ने काम सकिएको छ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका अनुसार १२ किलोमिटर दैजी–लिप्ना सडकखण्डअन्तर्गत पाँच किलोमिटर कालोपत्र निर्माण गर्ने काम पूरा भएको हो ।
कालीगण्डकी कोरिडोर : मार्फाखोलामा मोटरेबल पुल निर्माण
बुधबार, माघ ९, २०८१
चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाखोलामा मोटरेबल पुल निर्माण भएको छ ।
तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण
बुधबार, माघ ९, २०८१
कालीगण्डकी नदीमा रु. १३ करोड १२ लाख ४९ हजार ३ सय ६४ निर्मित मोटरेवल पुल यसै सातादेखि सञ्चालन भएको छ ।
पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा विस्तार
बुधबार, माघ ९, २०८१
पर्वतको मोदी गाउँपालिका–४ मा रहेको प्रसिद्ध पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा विस्तार गरिएको छ । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका उक्त गाउँका दुई सय १६ घरधुरीमा एक घर एक धारा निर्माण गरी पानी वितरण गरिएको हो ।
गौरवको योजनामा कमसल सामाग्री प्रयोग, कालोपत्र गरेको १५ दिनमै चर्कियो सडक
बुधबार, माघ ९, २०८१
सिरहाको कमला देखि सप्तरीको कञ्चनपुर सम्म निमार्ण भईरहेको पूर्व पश्चिम लोकमार्गको ४ लेन सडकमा कमसल निर्माण सामाग्री प्रयोग गरीरहेको पाईएको छ ।
दुई अर्ब ४५ करोडमा चार सय किलोमिटर पदमार्ग बनाउँदैछौँ : मुख्यमन्त्री कार्की
मंगलबार, माघ ८, २०८१
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको पहलमा दुई अर्ब ४५ करोडको लगानी साझेदारीमा चार सय किलोमिटर लामो पर्यटकीय पदमार्ग निर्माण भइरहेको बताएका छन्।
अलपत्र खानेपानी आयोजनाको काम पुनःसञ्चालन
मंगलबार, माघ ८, २०८१
सिरहाको लहान नगरपालिका–१६ स्थित तरेगणा गोविन्दपुरमा वर्षौंदेखि अलपत्र रहेको खानेपानी आयोजनाको काम पुनःसञ्चालन भएको छ । आइतबारदेखि नगरप्रमुख महेश चौधरीको पहलकदमीमा खानेपानीको डिप बोरिङ जडानको सुरुआत भएको हो ।
देवघाट जाने झोलुङे पुल मर्मत सुरु
मंगलबार, माघ ८, २०८१
जिल्लाको प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङे पुल मर्मत सुरु गरिएको छ । चितवनको भरतपुरबाट देवघाट जाने त्रिशूली नदीमाथिको झोलुङे पुल मर्मत थालिएको हो ।
उपर्दाङ्गगढीको कोतघर पुनर्निर्माण सुरु
मंगलबार, माघ ८, २०८१
इच्छाकामना गाउँपालिका–७ स्थित उपर्दाङ्गगढी परिसरमा कोतघर पुनर्निर्माण गरिने भएको भएको छ । गढीको भौतिक संरचना पुनर्निर्माणअन्तर्गत भग्नावशेष अवस्थामा किल्लाभित्रको कोतघर पुनर्निर्माण गरिने भएको हो ।
विद्यालयका तीन वटा भवन दुई करोड ३५ लाखमा निर्माण सम्पन्न
सोमबार, माघ ७, २०८१
खाँडाचक्र नगरपालिका-१ स्थित पञ्चदेव माध्यमिक विद्यालयमा बहु प्राविधिक शिक्षालय, आवासीय र प्रशासनिक भवन निर्माण भएका छन् ।
सहयोग रकम जुटाएर स्वास्थ्य चौकी भवन निर्माण
सोमबार, माघ ७, २०८१
यहाँको बेनी नगरपालिका–९ स्थित घतानमा सामुुदायिक वनको घाँसदाउरा बेचेको, मन्दिरको भेटीका, सरकारी निकाय र दाताको सहयोग जुटाएर स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । रु १५ लाखको वडास्तरीय विपद् व्यवस्थापन कोष स्थापना गर्नाका साथै रु नौ लाख २४ हजारको लागतमा स्वास्थ्य चौकीको दुईकोठे भवन निर्माण गरिएको हो ।
मदन भण्डारी राजमार्ग निर्माणमा सात अर्ब ९० करोड खर्च, ४२ किलोमिटर सडक कालोपत्र
आइतबार, माघ ६, २०८१
मदन भण्डारी राजमार्गको निर्माणका लागि संघीय सरकारले चालु आवमा ९१ करोड बजेट विनियोजन भएकामा ३५ करोड ९६ लाख खर्च भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकले जनाएको छ ।
सात वर्षमा चौथो पटक म्याद थप गर्दा पनि चार किमी सडक कालोपत्र भएन
आइतबार, माघ ६, २०८१
निर्माण व्यवसायीले निर्धारित समयमा काम गरेको भए अहिले काठेखोला गाउँपालिकाको केन्द्रबाट वडा नं ७ को रेश पुग्ने सडक कालोपत्र भइसक्दथ्यो ।
साताको लोकप्रिय
