Harsamaya
दुई अर्ब ४५ करोडमा चार सय किलोमिटर पदमार्ग बनाउँदैछौँ : मुख्यमन्त्री कार्की
दुई अर्ब ४५ करोडमा चार सय किलोमिटर पदमार्ग बनाउँदैछौँ : मुख्यमन्त्री कार्की कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको पहलमा दुई अर्ब ४५ करोडको लगानी साझेदारीमा चार सय किलोमिटर लामो पर्यटकीय पदमार्ग निर्माण भइरहेको बताएका छन्।
अलपत्र खानेपानी आयोजनाको काम पुनःसञ्चालन
अलपत्र खानेपानी आयोजनाको काम पुनःसञ्चालन सिरहाको लहान नगरपालिका–१६ स्थित तरेगणा गोविन्दपुरमा वर्षौंदेखि अलपत्र रहेको खानेपानी आयोजनाको काम पुनःसञ्चालन भएको छ । आइतबारदेखि नगरप्रमुख महेश चौधरीको पहलकदमीमा खानेपानीको डिप बोरिङ जडानको सुरुआत भएको हो ।
देवघाट जाने झोलुङे पुल मर्मत सुरु
देवघाट जाने झोलुङे पुल मर्मत सुरु जिल्लाको प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङे पुल मर्मत सुरु गरिएको छ । चितवनको भरतपुरबाट देवघाट जाने त्रिशूली नदीमाथिको झोलुङे पुल मर्मत थालिएको हो ।
उपर्दाङ्गगढीको कोतघर पुनर्निर्माण सुरु
उपर्दाङ्गगढीको कोतघर पुनर्निर्माण सुरु इच्छाकामना गाउँपालिका–७ स्थित उपर्दाङ्गगढी परिसरमा कोतघर पुनर्निर्माण गरिने भएको भएको छ । गढीको भौतिक संरचना पुनर्निर्माणअन्तर्गत भग्नावशेष अवस्थामा किल्लाभित्रको कोतघर पुनर्निर्माण गरिने भएको हो ।
विद्यालयका तीन वटा भवन दुई करोड ३५ लाखमा निर्माण सम्पन्न
विद्यालयका तीन वटा भवन दुई करोड ३५ लाखमा निर्माण सम्पन्न खाँडाचक्र नगरपालिका-१ स्थित पञ्चदेव माध्यमिक विद्यालयमा बहु प्राविधिक शिक्षालय, आवासीय र प्रशासनिक भवन निर्माण भएका छन् ।
सहयोग रकम जुटाएर स्वास्थ्य चौकी भवन निर्माण
सहयोग रकम जुटाएर स्वास्थ्य चौकी भवन निर्माण यहाँको बेनी नगरपालिका–९ स्थित घतानमा सामुुदायिक वनको घाँसदाउरा बेचेको, मन्दिरको भेटीका, सरकारी निकाय र दाताको सहयोग जुटाएर स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । रु १५ लाखको वडास्तरीय विपद् व्यवस्थापन कोष स्थापना गर्नाका साथै रु नौ लाख २४ हजारको लागतमा स्वास्थ्य चौकीको दुईकोठे भवन निर्माण गरिएको हो ।
मदन भण्डारी राजमार्ग निर्माणमा सात अर्ब ९० करोड खर्च, ४२ किलोमिटर सडक कालोपत्र
मदन भण्डारी राजमार्ग निर्माणमा सात अर्ब ९० करोड खर्च, ४२ किलोमिटर सडक कालोपत्र मदन भण्डारी राजमार्गको निर्माणका लागि संघीय सरकारले चालु आवमा ९१ करोड बजेट विनियोजन भएकामा ३५ करोड ९६ लाख खर्च भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकले जनाएको छ ।
सात वर्षमा चौथो पटक म्याद थप गर्दा पनि चार किमी सडक कालोपत्र भएन
सात वर्षमा चौथो पटक म्याद थप गर्दा पनि चार किमी सडक कालोपत्र भएन निर्माण व्यवसायीले निर्धारित समयमा काम गरेको भए अहिले काठेखोला गाउँपालिकाको केन्द्रबाट वडा नं ७ को रेश पुग्ने सडक कालोपत्र भइसक्दथ्यो ।
भुल्केका ४६८ घरमा ‘एक घर, एक धारा’
भुल्केका ४६८ घरमा ‘एक घर, एक धारा’ भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नं ३ भुल्केले ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेर चार सय बढी घरमा पिउने पानी वितरण गरेको छ । वडाले यो अभियानअन्तर्गत स्थानीयको पानीको समस्या समाधन गरेको हो ।
राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौँ–तराई-मधेस द्रुतमार्गको निरीक्षण गरेका छन् । 
भेरी करिडोर सडक स्तरोन्‍नति गर्न चार अर्ब बजेट सुनिश्चित
भेरी करिडोर सडक स्तरोन्‍नति गर्न चार अर्ब बजेट सुनिश्चित बजेट सुनिश्चित भएसँगै नेपाली सेनाले ट्र्याक खोलेको उक्त खण्डमा अब नयाँ ठेक्का आह्वान गरी स्तरोन्नति गरिने भेरी करिडोर आयोजना प्रमुख सुनिल रञ्जितकारले जानकारी दिए ।
कन्काई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम
कन्काई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम २०७२ को जेठ २९ मा काम सक्नुपर्ने समयसीमा तोकिएको भए पनि, हालसम्म पुलको ५८ प्रतिशत भौतिक प्रगति भएको छ । 
Weather Update