‘पैसा दिँदा ठेकेदारले काम गर्न सकेन, काम गर्दा सरकारले पैसा दिन सकेन’
शनिबार, जेठ २४, २०८२
पुल निर्माणका लागि दिवारभुवनेश्वरी जेभीले ९ करोड ६४ लख ५ हजार ३ सय ८४ रुपैयाँमा सम्झौता गरेका थिए । पुलको डिजाइन परिवर्तन गर्नु परेका कारण कामको परिमाण थप हुँदा र मूल्य समायोजनका कारण लागत बढ्न गएर पुलको लागत झण्डै ११ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।
ऊर्जामन्त्री खड्काद्वारा सुनकोशी मरिन डाइभर्सन आयोजनाको निरीक्षण
सोमबार, जेठ १९, २०८२
‘आयोजना निर्माणको कामलाई तीव्र गतिमा अगाडी बढाउनुस्, काम तकिएकै समयमा सक्नेगरि लाग्नुस्,’ काम गर्ने स्पिड बढाउनुस्, कार्य प्रगतिको आधारमा बजेटको अभाव हुँदैन,’ मन्त्री खड्काले भने । ऊर्जामन्त्री खड्काले आयोजनाको १३.२ किलोमिटर सुरुङ निर्माण सकिएकोले अब हेडवक्सको काम तीव्र गतिमा सक्न ठेकदार कम्पनीलाई निर्देशन दिए ।
सुनकोशी मरिन डाइभर्सन परियोजना समयमा नसकिए ठेक्का तोडिनेछ : प्रधानमन्त्री (भिडियोसहित)
आइतबार, जेठ १८, २०८२
मधेश प्रदेश सरकारको एक निर्वाचन क्षेत्रः एक सडक आयोजनाअन्तर्गत आज जनुकपुरधाममा एकैसाथ ६४ सडकको विद्युतीय माध्यमबाट शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सिँचाइको आशामा मधेशका जनताले लामो समय जमिन बाँझो राख्न नसक्ने भएकाले परियोजना चाँडो सक्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्री मधेश प्रदेशमा, ६४ सडकको एकैसाथ शिलान्यास
आइतबार, जेठ १८, २०८२
धनुषाको जनकपुरस्थित महेन्द्रनारायण निधि सभागृहमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो शिलान्यास गरेका हुन ।
सडक बनेको ४८ वर्षपछि कालोपत्रे
आइतबार, जेठ १८, २०८२
उक्त बजेटबाट सुरुमा छ किलोमिटर कालोपत्रे गरिने पूर्व वडाध्यक्ष बुढाथोकीले बताए । सोही सडक खण्डको केही स्थानमा सडक मर्मत सुधार थालिएको छ ।
तल्लो सेती आयोजना सरकारले बनाउने
बिहीबार, जेठ १५, २०८२
उनले आन्तरिक खपत बढाउने,आगामी दुई वर्षमा ग्रामीण विद्युतीकरण सकिने पनि बताए । उनले ६७० मेगावाटको जलसाय युक्त दुधकोशी जलविद्युत आयोजनाको जग्गा मुआब्जाको काम सम्पन्न गरी निर्माण कार्य सुरु गर्ने बताए ।
ग्वार्को फ्लाई ओभर असार १ गतेबाट संचालनमा आउने
आइतबार, जेठ ११, २०८२
ठेकेदार कम्पनी आरसी, समानान्तर र रिलिग्रे जेभीले फ्लाइओभरको कोटेश्वरतर्फको र्याम्पमा बिहीबारदेखि नै प्राइम कोट बिछ्याउन सुरु गरेको छ। सातदोबाटोतर्फको र्याम्पमा भने ग्राभेल गरेर ‘बेस कोर्स’ बनाउने काम भइरहेको छ ।ओभरपास सम्पन्न गर्न १७ करोड ६ लाख ८८ हजारमा ठेक्का लागेको हो ।
ग्वार्को ओभरपासको कामले गति लियो, जेठमै सक्ने दाबी
शनिबार, जेठ १०, २०८२
सुरु सम्झौताअनुसार ओभरपास निर्माण तोकिएको म्याद सकिएर पनि एक वर्ष म्याद थप हुँदा काम गर्दा पनि काम पूरा नभएकाले सडक विभागले निर्माण कम्पनीलाई गत पुसबाट जरिवाना तिराएर काम गराइरहेको छ ।
नागढुङ्गा–नौबिसे सडकखण्ड १६ दिनसम्म साढे ४ घण्टा बन्द गरिने
बुधबार, जेठ ७, २०८२
यसअघि वैशाख २२ देखि ३१ गतेसम्म रातिको समयमा मात्र बन्द गरेर काम हुँदै आएकोमा अब दिउँसोमा समेत बन्द गरेर काम गर्न लागिएको हो । नागढुंगादेखि नौबिसे सडकखण्डको मोड सुधार गरेर फराकिलो बनाउने र पिच गर्ने काम भइरहेको छ । सडक निर्माण आयोजनाले यसअघि रातिको समयमा भत्काउने काम भएको र प्राविधिक...
पूर्वाधारलाई गुणस्तर बनाउन आवश्यक छ : मन्त्री भण्डारी (भिडियोसहित)
सोमबार, जेठ ५, २०८२
उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले पूर्वाधारलाई गुणस्तर बनाउन आवश्यक रहेको बताएका छन् ।
संघीय संसद भवन निर्माणको ढिलाइबारे छलफल, निर्माण कम्पनी जिम्मेवार हुनुपर्ने
बिहीबार, जेठ १, २०८२
उक्त छलफलमा बोल्दै उप प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्माणाधिन संघीय संसद भवनको हालसम्मको प्रगति सम्बन्धमा अहिले म्याद थप भएको छ त्यस विषयमा मन्त्रालयमा छलफल भइरहेको बताए । उनले म्याद थपका लागि मात्र अब म्याद नथपिने प्रष्ट पारे
यस्तो छ बिपी राजमार्गमा वर्षामा पनि यातायात साधन सञ्चालन गर्ने योजना (भिडियोसहित)
बुधबार, वैशाख ३१, २०८२
आइतबार बगाएको डाइभर्सन पुरानै भएको र सो क्षेत्रमा सडक मर्मतको काम बाँकी नै रहेको उनको भनाई छ । एक हप्ता भित्र सो क्षेत्रमा पनि सडक निर्माणको काम सकिने र त्यस पछि वर्षामा पनि नियमित यातायात सञ्चालन हुने योगेशले बताए ।
सञ्चालनमा आयो बीपी राजमार्ग
मंगलबार, वैशाख ३०, २०८२
बीपी मार्ग स्थायी रूपमा निर्माणको काम नहुँदासम्मको लागि अस्थायी बाह्रै महिना यातायात सञ्चालन हुनेगरी सडक निर्माणको काम भइरहेको छ ।
साताको लोकप्रिय

