प्रधानमन्त्री कार्कीद्वारा काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण
काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण गरेकी छिन् ।
प्रधानमन्त्री कार्की मंगलबार बिहानै द्रुतमार्ग निरीक्षणमा निस्किएकी हुन् ।
निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीसँग परराष्ट्रमन्त्री बालनन्द शर्मा समेत सहभागी छन् । उनीहरूले द्रुतमार्ग निर्माणको प्रगति, गुणस्तर तथा समयसीमाबारे जानकारी लिएको बताइएको छ।
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौं–तराई द्रुतमार्गलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइरहेको जनाएको छ।
प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२ १०:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

