Harsamaya
हुम्ला–मुगु–कर्णाली सडक खण्डको गमगढी–सोरु खण्डको निर्माण रफ्तारमा

मुगु - मुगुको गौरवको आयोजना मानिएको हुम्ला–मुगु–कर्णाली गमगढी–नाक्चेलाग्ना अन्तरगत गमगढी सोरु खण्डको सडक निर्माण एवम स्तरोन्नतिको कामले तीव्रता पाएको छ ।

कर्णाली प्रदेश सरकार पूर्वाधार विकास कार्यालय मुगुबाट कुल ६३ करोड ४६ लाखको विनियोजित बजेट ३० करोड ९ लाख २५ हजार ९ सय रुपैँयामा काम सम्पन्न गर्ने गरी शिवालय–मंगलदीप टक्सान जेभी निर्माण व्यवसायले १८ महिनासम्म काम सम्पन्न गर्ने गरी निर्माण भइरहेको हो ।

एक दशक पहिले गमगढीदेखि सोरु गाउँपालिकाका विभिन्न बस्तीसम्म सडक सञ्जाल जोडिएर यातायातका साधनहरू चले पनि साँघुरो, छोटा घुम्ती, कच्ची सडकमा जोखिम मोलेर सवारी साधन गुडाउनुपर्ने बाध्यताको अन्त्यका लागि काम अगाडि बढाइएको हो ।

निर्माणको काम चाँडै सकिए मुगुबाट अन्तर जिल्ला सडक नजोडिएको अवस्थामा उक्त सडक अब फराकिलो ,नालावाल सहितको गमगढी बजारदेखि सोरु गाँउपालिका र हुम्लाको केही बस्तीका नागरिकलाई सहज हुने अनुमान छ ।

साथै गमगढी जुम्ला हुँदै सुर्खेत, नेपालगन्ज जान भन्दा गमगढीदेखि सोरु हुम्ला दोमुखबाट बाजुरा हुँदै सुर्खेत–नेपालगन्ज जान छोटो र सहज हुने भएको भन्दै स्थानीय खुसी समेत भएका छन् । निर्माण कम्पनीले पनि काम छिटो र गुणस्तरीय गर्नुपर्नेमा स्थानीयको भनाइ छ । पूरा बजेट अनुसारको काम हुनुपर्ने र गुणस्तरीय हुनुपर्नेमा छाउले टिमका अध्यक्ष बिर्ख बहादुर मल्लले जोड दिए ।

‘अहिले काम सुरु गरेको तीन महिना भन्दा बढी भयो, कार्यालयको मापदण्ड अनुसारको काम भइरहेको छ । हाल २५ प्रतिशत काम भएको छ । डबल कङ्क्रिटका लागि पाँच वटा डोजर मेशिन अन्य उपकरण प्रयोग गरेका छौँ । १८ महिना भित्र काम सकार्ने गरी समय दिएको छ । काम गर्न दिएको समयभित्र काम सम्पन्न गर्ने गरी काम भइरहेको छ,’ शिवालय मंगलदीप टक्सान नेभी निर्माण कम्पनीका सूर्य बहादुर शाहीले भने ।

कर्णाली प्रदेश सरकारको समपूर्ण बजेटबाट विनियोजित बजेटबाट हुम्ला, मुगु कर्णाली–गमगढी नाक्चेलाग्ना सडक निर्माण काम रफ्तारमा भइरहेको हो । ६३ करोड ४६ लाख बजेटबाट कम्पनीले ३० करोड ९ हजारले १८ महिना भित्र काम सम्पन्न हुनेगरी ०८२ साल साउन महिना बाट काम सुरु भएको हो । हाल सडकमा मुख्य बाटो चौडाइ, नाला, ग्याबिन, वाललगायतको काम भइरहेको विभिन्न पूर्वाधार विकास कार्यालय मुगुका प्रमुख कृष्ण चापागाईँले बताए ।

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  १९:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update