हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी दिने
शुक्रबार, माघ ११, २०८१
रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी दिने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निर्णय गरेका छन् ।
निकै महँगो औषधी आवश्यक पर्ने रोगको उपचारका लागि धेरै बिरामी तथा सरोकारवालामार्फत सरकारले आफैँ व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका थिए ।

महाराष्ट्रको कारखानामा भएको विष्फोटमा परी आठ जनाको मृत्यु
शुक्रबार, माघ ११, २०८१
अधिकारीहरूले भग्नावशेष हटाउन र फसेकाहरूको खोजी गर्न एक्साभेटर ल्याएका छन् । घाइतेहरूलाई एम्बुलेन्समार्फत अस्पताल लगिएको छ ।

कृष्ण ध्वज स्मृति टेबुल टेनिस १५ माघदेखि (खेल तालिकासहित)
शुक्रबार, माघ ११, २०८१
नवौं कृष्ण ध्वज स्मृति टेबुल टेनिस प्रतियोगिता माघ १५ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ।
आयोजक रेड टायल्सले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रम अन्तर्गत हुने प्रतियोगिता लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा माघ १५ गतेदेखि १८ सम्म सन्चालन हुने जानकारी दिइएको...

सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन
शुक्रबार, माघ ११, २०८१
सूर्यविनायक नगरपालिकाले कार्यालय सञ्चालन गर्न सुविधा सम्पन्न भवन निर्माण गरेको छ। टङ्कप्रसाद आचार्य प्रतिष्ठानको घरमा भाडामा प्रशासनिक कार्यालय सञ्चालन गर्दै आएको नगरपालिकाले आगामी सोमबारदेखि आफ्नै भवनबाट सेवा सञ्चालन गर्ने तयारी गरेको छ।

पर्वत केन्द्रविन्दु भएर गयो भूकम्प
शुक्रबार, माघ ११, २०८१
पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ। शुक्रबार साँझ ७:०८ बजे पर्वतको क्याङ केन्द्रविन्दु भएर भूकम्प गएको हो।

भारत रेल दुर्घटनामा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह
शुक्रबार, माघ ११, २०८१
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी मुलुक भारतको महाराष्ट्र जलगाउँस्थित रेल्वेस्थान नजिक भएको रेल दुर्घटनामा परेका नेपालीहरूप्रति अभिभावकीय भूमिका निर्वाह गर्न सरकारसँग अनुरोध गरेका छन् ।

रवि लामिछानेको थुनछेक बहस आज पनि सकिएन
शुक्रबार, माघ ११, २०८१
बिहीबार बिहानदेखि सुरु भएको थुनछेक बहस आज पनि नसकिएपछि आइतबार १०:३० बजे उपस्थित हुनेगरी लामिछानेलाई परिवार र कानुन व्यवसायीको जिम्मामा पठाइएको जिल्ला अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए ।

‘आगलागी बढ्न सक्छ सचेत रहनू’
शुक्रबार, माघ ११, २०८१
उनले आजै मात्र काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाबाट सुरु भई बेथानचोक गाउँपालिकाको वन क्षेत्र र देशका अन्य स्थानमा लागिरहेको वन डढेलो र त्यस घटनाप्रति प्राधिकरणको ध्यानाकर्षण भएको बताए ।

प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण, दुई सय १३ जना सुडान प्रस्थान
शुक्रबार, माघ ११, २०८१
सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी दशौँ डफ्फामा कार्यरत दुई सय १२ जना शान्ति सैनिक सेनानी खिमबहादुर अधिकारीको नेतृत्वमा माघ १० गते नै स्वदेश फिर्ता भएका छन् । हाल उक्त मिसनमा नेपाली सेनाबाट सेक्टर कमाण्डर, सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र दुईवटा गण तथा एउटा गुल्म गरी कुल एक हजार सात...

चार वर्षमा पनि बनेन सेती नदीमा पुल
शुक्रबार, माघ ११, २०८१
पुल निर्माणका लागि १५ करोड ५९ लाख १७ हजार ६ सय ९९ मा एमएस महादेव खिम्ती अन्जनय पराजुली जेभीले ठेक्का लिएको थियो । उक्त पुल निर्माणमा हालसम्म रु आठ करोड १३ लाख ६२ हजार पाँच सय ३३ खर्च भएको तिवारीले जानकारी दिए ।

पूर्व श्रम स्वीकृति लिनेको संख्या बढ्यो
शुक्रबार, माघ ११, २०८१
‘बिचौलियाका कारण पीडितहरु अझै मर्कामा परेका थिए, अहिले हेर्नुभयो भने यहाँ बिचौलिया नै देखिन छाडेका छन्’, उनले भने, ‘अधिकांश सेवाहरु अनलाइनबाट सुचारु भएपछि सेवाग्राहीको गुनासो छिटो र सरल रुपमा समाधान हुनेछ र हाम्रो सेवालाई प्रभावकारी बनाउन लागिरहेका छौं ।’

निशा अधिकारीको ‘प्ले इट वन’को टीमले ‘माया प्रीति’बनाउने
शुक्रबार, माघ ११, २०८१
‘माया प्रीति’को निर्माण टोली नेपाल टेलिभिजनको अत्यधिक लोकप्रिय शो ‘प्ले इट अन’मा पाँच वर्षसम्म लगातार काम गरेको अनुभवी समूह हो। यस चलचित्रको लागि शो का प्रस्तोताहरू अभी श्रेष्ठ र निशा अधिकारी, सहायक कार्यक्रम निर्माता सन्तोष कुमार कार्की र क्रिएटिभ निर्देशक प्रणव जोशी पुनः जुटेका हुन्।

चार पुरुष र दुई महिलाको शव फेला
शुक्रबार, माघ ११, २०८१
उदयपुरको ताप्ली गाउँपालिका-२ धारापानी बस्ने ५३ वर्षीया राम कुमारी राई सोही गाउँपालिका-२ स्थित नारीमाला जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन्।
साताको लोकप्रिय