Harsamaya
राष्ट्रियसभा निर्वाचन: कति मतसहित को-को भए विजयी?
ग्राफिक्स : हर समय/Har Samaya

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ ११) निर्वाचन भएको छ । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच गठबन्धन भएको थियो ।

निर्वाचनमा गठबन्धनका सबै उमेदवार निर्वाचित भए । कांग्रेसले ९, एमालेले आठ र जनता समाजवादी पार्टी नेपालले एक सिट पाएको छ । 

कोशी प्रदेशबाट नेकपा (एमाले) की रोशनी मेचे र सोमनाथ पोर्तेल निर्वाचित भएका छन् । खुल्ला सदस्यमा यसअघि नै नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए।

मधेश प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा लोसपाका महन्थ ठाकुर बाहेक तीन जना निर्वाचित भएका छन् ।  नेपलाी कांग्रेसका धमेन्द्र पासवान र रन्जित कर्ण तथा नेकपा एमाले एमालेका रेखा झा निर्वाचित भएका हुन् ।

लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवारहरू विजयी भएका छन् । महिलातर्फ एमालेकी रामकुमारी झाँक्री तथा अन्यतर्फ कांग्रेसका चन्द्रबहादुर केसी र अपाङ्ग/अल्पसङ्ख्यक कोटामा वासुदेव घिमिरे विजयी भएका हुन् ।
Rastriya-Sabha-Election-2082-A-1769355008.jpg
यस्तो छ पूर्ण सूचीः-

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  २०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update