राष्ट्रियसभा निर्वाचन: कति मतसहित को-को भए विजयी?
आइतबार, माघ ११, २०८२
कोशी प्रदेशबाट नेकपा (एमाले) की रोशनी मेचे र सोमनाथ पोर्तेल निर्वाचित भएका छन् । खुल्ला सदस्यमा यसअघि नै नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए।
सुदूरपश्चिमबाट कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी
आइतबार, माघ ११, २०८२
कांग्रेस उम्मेदवार खातीले तीन हजार ९६९ मतभार पाए । उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीका टीकाराम जैसीले एक हजार ८०५ मतभार प्राप्त गर्नुभएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।
राष्ट्रियसभा सदस्य निर्वाचनको सबै तयारी पूरा : निर्वाचन आयोग
शुक्रबार, माघ ९, २०८२
निर्वाचनका लागि मतपत्रसमेत सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान माघ ११ गते आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशमा तोकिएको मतदान केन्द्रमा हुने आयोगले जनाएको छ ।
राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि
आइतबार, माघ ४, २०८२
नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय सिंहदरबारमा अधिवेशन सञ्चालन गर्ने तयारी गरिएको छ । बैठक आज बिहान ११ः०० बजे बस्दैछ।
राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता आज
बुधबार, पुस २३, २०८२
राष्ट्रियसभामा रिक्त हुन लागेको १९ मध्ये १८ सदस्यका लागि निर्वाचन गरिन लागेको हो। निर्वाचन आयोगले पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ। मंगलबार मतदाता नामावलीमा कुनै दाबीविरोध भए/नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक भइसकेको छ।
राष्ट्रिय सभा अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दै
मंगलबार, पुस २२, २०८२
विधायन व्यवस्थापन समितिको १५१ औँ बैठक बिहान ११ः३० बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्दै छ । आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल गरिने कार्यसूची तय गरिएको छ ।
राष्ट्रियसभा निर्वाचनका लागि जनकपुरधाममा कार्यालय स्थापना
बुधबार, पुस १६, २०८२
कार्यालयबाट उम्मेद्वारी दर्ता, मतदान व्यवस्थापन, मतगणना र निर्वाचनसम्बन्धी काम हुने बताइएको छ । सो कार्यालयको स्थापनापछि मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनको औपचारिक प्रक्रिया अघि बढेको उनले बताए।निर्वाचन आयोगका अनुसार मधेश प्रदेशमा हाल ३७९ जना मतदाता छन् । ती मतदाताको कूल मतभार १० हजार ८३९ रहेको छ । मतदातामध्ये प्रदेशसभा सदस्य र...
राष्ट्रिय सभा निर्वाचनमा २हजार ४३ मतदाता, सबैभन्दा धेरै मधेश प्रदेशमा
बिहीबार, पुस १०, २०८२
आयोगका अनुसार सबैभन्दा बढी मत भार मधेश प्रदेशमा रहेको छ । मधेशमा कूल ३ सय ७१ मतदाता रहेका छन्, जसको जम्मा मत भार १० हजार ५ सय ८५ छ ।
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल
बिहीबार, कात्तिक २७, २०८२
आयोगका सचिव माहादेव पन्थले राष्ट्रियसभाको निर्वाचनको प्राविधिक तयारीका विषयमा दलहरूसँग परामर्शपछि निर्वाचन कार्यक्रम ल्याइने बताए ।
राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
बुधबार, असोज १, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका छन्।
दुवै सदनको बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै
मंगलबार, वैशाख ३०, २०८२
प्रतिनिधि सभाको बैठक बिहान ११ र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजेको लागि बोलाइएको छ । आजको दुवै सदनको बैठकमा विनियोजन विधेयक (बजेट)का सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै छ ।
चलचित्र विधेयक संसद्मा दर्ता, डिजिटल प्लेटफर्ममार्फत चलचित्र प्रदर्शन गर्दा इजाजत लिनुपर्ने प्रस्ताव
सोमबार, वैशाख १५, २०८२
डिजिटल प्लेटफर्ममार्फत चलचित्र प्रदर्शन गर्दा इजाजत लिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । पहिलो पटक डिजिटल प्लेटफर्मबाट फिल्म देखाउँदा इजाजत लिनुपर्ने प्रस्ताव गरिएको हो । ओटीटीलाई पनि विधेयकले दायरामा ल्याउन खोजेको छ ।
राष्ट्रियसभा बैठकः पानी जहाज विधेयक विधायन समितिमा पठाइने
मंगलबार, फागुन ६, २०८१
साथै, भौतिक पुर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहालले ‘पानीजहाज (सञ्चालन तथा ब्यवस्थापन) विधेयक, ०८१ लाइ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयद्वारा जारी गरेको कार्यसूचीमा उल्लेख गरिएको छ ।
साताको लोकप्रिय

