Harsamaya
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर‚ को कहाँ ? 
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं - राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा नियमावली, २०७५ बमोजिम विषयगत समितिहरूमा सदस्यहरूको मनोनयन तथा हेरफेर गरेका छन् ।

अध्यक्ष दाहालले रेखाकुमारी झा, सम्झना देवकोटा, जगत तिमल्सेना, वासुदेव घिमिरे र महन्थ ठाकुरलाई विकास, आर्थिक मामिला तथा सुशासन समितिमा मनोनयन गरेका हुन् ।

यसैगरी, सांसद रामकुमारी झाँक्री, प्रेमप्रसाद दङ्गाल, खम्मबहादुर खाती र गीता देवकोटालाई विधायन व्यवस्थापन समितिमा मनोनयन गरिएको छ ।सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सोमनाथ बोर्तेल, मीना सिंह, सुनिलबहादुर थापा, चन्द्र केसी र रञ्जित कर्णलाई मनोनयन गरिएको छ ।सङ्घीयता सुदृढीकरण तथा राष्ट्रिय सरोकार समितिमा लीलाकुमारी भण्डारी, रोशनी मेचे, ललितजङ्ग शाही र धर्मेन्द्र पासवानलाई मनोनयन गरिएको छ ।

सभामा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरेकी थिइन् ।​ राष्ट्रियसभाको अर्को बैठक सोमबार (भोलि) मध्यान्ह १२ः१५ बजे बस्नेछ ।

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  २१:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update