राष्ट्रिय सभा अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौं- संघीय संसद्अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दै छ ।
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्न लागेको हो ।
विधायन व्यवस्थापन समितिको १५१ औँ बैठक बिहान ११ः३० बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्दै छ । आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल गरिने कार्यसूची तय गरिएको छ ।
यस्तै दिनको १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हलमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१४औँ बैठक बस्दै छ । बैठकमा कोसी प्रदेशको अनुगमन कार्यक्रमको समीक्षा गरिने कार्यसूचीमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२ ०८:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

