Harsamaya
राष्ट्रिय सभा अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दै
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- संघीय संसद्अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दै छ ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्न लागेको हो ।

विधायन व्यवस्थापन समितिको १५१ औँ बैठक बिहान ११ः३० बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्दै छ । आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल गरिने कार्यसूची तय गरिएको छ ।

यस्तै दिनको १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हलमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१४औँ बैठक बस्दै छ । बैठकमा कोसी प्रदेशको अनुगमन कार्यक्रमको समीक्षा गरिने कार्यसूचीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update