शेखर भन्छन्- सरकारले वातावरण बनाउनुपर्छ‚ त्रासमा निष्पक्ष निर्वाचन हुन सक्दैन
शनिबार, पुस ५, २०८२
विराटनगर महानगरपालिका–६ मा आज कांग्रेसका नेता तथा कार्यकर्तासँग छलफल गर्दै उनले सरकारका साथै पार्टीका कार्यकर्ताले पनि निर्वाचनको वातावरण निर्माण गर्न आवश्यक सहकार्य र समन्वय गर्नुपर्ने बताएका हुन् ।
फागुन २० गतेसम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने
सोमबार, मंसिर २२, २०८२
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। आयोगले फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नेपाली नागरिकहरूले मतदान गर्न पाउने गरी उमेरको हद निर्धारण गरेको हो।
प्रतिनिधिसभा निर्वाचन: ९० दिन बाँकी रहँदा तयारी तीव्र, यस्तो छ कार्यतालिका
शुक्रबार, मंसिर १९, २०८२
निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । राजनीतिक दलहरूले पनि निर्वाचनलाई केन्द्रमा राखेर आन्तरिक तयारी तीव्र पारेका छन् ।
बाजुरामा ७ वटा नयाँ मतदान स्थल थप, ६ मतदान स्थल स्थानान्तरण
बिहीबार, मंसिर १८, २०८२
बाजुरामा ७ वटा नयाँ मतदान स्थल थप गरिएका छन् । आगामी निर्वाचनलाई लक्षित गर्दै ७ वटा नयाँ मतदान स्थल थपिएका हुन् । मंसिर १४ गते जिल्ला निर्वाचन कार्यालय बाजुराले गरेको सिफारिसका आधारमा निर्वाचन आयोगले ७ वटा नयाँ मतदान स्थल थप गरेको हो ।
निर्वाचनका लागि १२० दल दर्ता
आइतबार, मंसिर १४, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कुल १२० राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।
निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा चुनाव गराउँछौँ: मन्त्री अर्याल
बिहीबार, मंसिर ११, २०८२
गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले आगामी फागुन २१गते जुनै पनि हालतमा निर्वाचन गराएर छोड्ने दाबी गरेका छन् ।
निर्वाचनमा सेना परिचालन गर्ने खुल्यो आधार‚ राष्ट्रपतिले प्रदान गरे स्वीकृति
बिहीबार, मंसिर ११, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय तथा प्रधानमन्त्रीको सिफारिसलाई स्वीकृति प्रदान गरेका छन् ।
सरकारले भन्योः सबै दल दर्ता भए‚निर्वाचन हुने ढुक्क भयो
मंगलबार, मंसिर ९, २०८२
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेकपा एमालेले समेत निर्वाचन आयोगमा दल दर्ता गराएपछि चुनावप्रतिको आशंका हटेको दाबी गरेका छन् ।
बाजुरामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिस: ४ केन्द्र परिवर्तन गर्न आग्रह
शुक्रबार, मंसिर ५, २०८२
जिल्लाका चार वटा पालिकामा १२ वटा मतदान केन्द्र थप गर्न निर्वाचन आयोगमा जिल्ला निर्वाचन कार्यालय बाजुराले सिफारिस गरेको हो ।
निर्वाचनमा नेपाली सेना परिचालन गर्न सिफारिस
बिहीबार, मंसिर ४, २०८२
आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरिएको छ ।
निर्वाचनका लागि एकीकृत निर्वाचन सुरक्षा योजना-२०८२ स्वीकृत
आइतबार, कात्तिक ३०, २०८२
फागुन २१ गते घोषणा गरिएको प्रतिनिधि सभाको निर्वाचनका लागि एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत गरिएको छ ।
सर्लाहीमा थपिए पाँच हजार ६ सय १३ नयाँ मतदाता
आइतबार, कात्तिक ३०, २०८२
प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुने भएकाले निर्वाचन आयोगले देशभर मतदाता नामावली सङ्कलन तीव्र पारेको छ। सर्लाहीमा समेत केही दिन दैनिक सयौँ सेवाग्राही दर्ताका लागि कार्यालय धाउने गरेका थिए।
कसैको एक थोपा रगत नबगी निर्वाचन हुन्छ: प्रधानमन्त्री कार्की
बिहीबार, कात्तिक २०, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन आफू प्रयासरत रहेको बताएकी छन् ।
साताको लोकप्रिय

-1754119774.jpg)