निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ
बिहीबार, माघ १५, २०८२
मन्त्रालयले आज सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै निर्वाचन आचारसंहिता कार्यान्वयनको नियमित अनुगमन गरी प्रभावकारी रुपमा कार्यान्व्यन गराउन निर्देशन दिएको हो ।
यी महिला निर्वाचन अधिकृतः जसले हाक्दैछन् २१ फागुनको निर्वाचन
मंगलबार, माघ १३, २०८२
निर्वाचन आयोगका अनुसार उच्च सरकारी वकिल कार्यालय पाटनका उपन्यायाधिवक्ता कृष्णा भण्डारी काठमाडौँ–४ मा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव श्रद्धा रिजाल काठमाडौँ–५ मा मुख्य निर्वाचन अधिकृत छन्। साथै उच्च सरकारी वकिल कार्यालय, पाटनका उपन्यायाधिवक्ता चपला पोखरेलले काठमाडौँ–६ मा, आन्तरिक राजस्व विभागका उपन्यायधिवक्ता सविता शर्मा काठमाडौँ–७ मा, रक्षा मन्त्रालयका...
दल र उमेदवारले चुनाव खर्च छुट्टै बैंक खाता खोलेर गर्नुपर्ने
सोमबार, माघ १२, २०८२
राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिदै प्रत्यक्ष तथा समानुपातिक दुबै तर्फका उम्मेदवारले निर्वाचन अवधिभरको लागि बैंक खाता संचालन गर्न पाउने व्यवस्था मिलाउन भनेको हो ।
निर्वाचनमा जेनजी हत्यारा र हाइज्याकर तथा सहकारी ठगलाई बहिष्कार गरौं : थापा
सोमबार, माघ १२, २०८२
आजपा गण्डकी प्रदेश निर्वाचन परिचालन कमिटीको पोखरामा आज (सोमबार) बसेको बैठकलाई सम्बोधन गर्दै थापामगरले जेनजी हत्यारा, हाइज्याकर, भ्रष्टाचारी, ठग, लुटेराहरु अहिले विभिन्न भेषमा जनताका बीचमा आएर विभिन्न लोभलालच देखाउदै मत मागिरहेकाले त्यस्तालाई बहिष्कार गर्दै आजपाका असली उम्मेदवारहरुलाई बिजयी गराउन मोवाइल छापमा मतदान गर्नुपर्ने बताए ।
राष्ट्रियसभा निर्वाचन: कति मतसहित को-को भए विजयी?
आइतबार, माघ ११, २०८२
कोशी प्रदेशबाट नेकपा (एमाले) की रोशनी मेचे र सोमनाथ पोर्तेल निर्वाचित भएका छन् । खुल्ला सदस्यमा यसअघि नै नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए।
सुदूरपश्चिमबाट कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी
आइतबार, माघ ११, २०८२
कांग्रेस उम्मेदवार खातीले तीन हजार ९६९ मतभार पाए । उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीका टीकाराम जैसीले एक हजार ८०५ मतभार प्राप्त गर्नुभएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।
राष्ट्रियसभा सदस्य निर्वाचनको सबै तयारी पूरा : निर्वाचन आयोग
शुक्रबार, माघ ९, २०८२
निर्वाचनका लागि मतपत्रसमेत सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान माघ ११ गते आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशमा तोकिएको मतदान केन्द्रमा हुने आयोगले जनाएको छ ।
प्रतिनिधिसभा निर्वाचनः समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ
शुक्रबार, माघ ९, २०८२
यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइ भइरहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ भएलगत्तै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मतपत्र छपाइ सुरु गरिने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारको अन्तिम टुङ्गो, दिउँसो ३ बजे नामावली सार्वजनिक
शुक्रबार, माघ ९, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज फिर्ता लिन पाउने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म आफ्नो नाम फिर्ता लिन सक्नेछन्।
बागलुङका ५५ मतदानस्थल अति संवेदनशील
बिहीबार, माघ ८, २०८२
दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा रहेका १०७ मतदानस्थलमध्ये जिल्ला सुरक्षा समितिले गरेको अनुगमनका आधारमा ५५ मतदानस्थल अति संवेदनशील रहेको पाइएको छ । बागलुङमा कायम भएका १०७ मतदानस्थलमध्ये ५५ अति संवेदनशील, २४ संवेदनशील र २८ सामान्य रहेको जिल्ला सुरक्षा समितिका संयोजक एवं बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए।
निर्वाचन हुन ४६ दिन बाँकीः आचारसंहिता पालनामा सबै पक्ष प्रतिबद्ध रहने विश्वास
आइतबार, माघ ४, २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा भाग लिने प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलसँग निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयन गर्ने सम्बन्धमा आयोगले छलफलको समेत आयोजना गरेको थियो ।
निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने
शुक्रबार, पुस २५, २०८२
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्त र उच्चअधिकारीहरूले प्रधानमन्त्री कार्कीलाई भेटेर सो जानकारी गराउनुका साथै निर्वाचनको व्यवस्थापन र तयारीका विषयमा छलफल भएको हो ।
राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता आज
बुधबार, पुस २३, २०८२
राष्ट्रियसभामा रिक्त हुन लागेको १९ मध्ये १८ सदस्यका लागि निर्वाचन गरिन लागेको हो। निर्वाचन आयोगले पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ। मंगलबार मतदाता नामावलीमा कुनै दाबीविरोध भए/नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक भइसकेको छ।
साताको लोकप्रिय

