काठमाडौं- नेपाल राष्ट्र बैंकले आगामी फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनको लागि बेग्लै खाता खोल्न उम्मेदवारहरुलाई सहजीकरण गरिदिएको छ ।
राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिदै प्रत्यक्ष तथा समानुपातिक दुबै तर्फका उम्मेदवारले निर्वाचन अवधिभरको लागि बैंक खाता संचालन गर्न पाउने व्यवस्था मिलाउन भनेको हो ।
यस्तो खाता आमनिर्वाचन सम्पन्न भई निर्वाचन आयोगद्वारा निर्णय गरी बैंक खाता बन्द गर्न नलगाउँदासम्म सञ्चालन हुने गरी खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकले भनेको छ ।
राष्ट्र बैंकले निवार्चन आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरुको सिफारिसमा आमनिर्वाचन अभियान समूह (वा यस्तै मिल्दो अन्य कुनै) का नेपाली मुद्राको आम्दानी खर्च कारोबार गर्न सक्ने गरी खाता खोल्न सकिने भनेको छ ।

