प्रतिनिधिसभा सदस्य निर्वाचनः एघार दल र एक हजार ९८६ उम्मेदवारले मात्र खोले बैंक खाता
मंगलबार, फागुन १९, २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२ अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा भाग लिने प्रयोजनका लागि आयोगमा दर्ता भई समानुपातिक र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि उम्मेदवारी दिएका सबै राजनीतिक दल, दलका उम्मेदवारहरू र स्वतन्त्र उम्मेदवारहरूले समेत कार्यविधि अनुसार निर्वाचन प्रचारप्रसारका लागि आर्थिक सहयोग लिई गर्ने आम्दानी खर्च कारोबार सोही खातामार्फत हुने व्यवस्था गरिएको छ।
आयोगले भन्यो : प्रचारप्रसार गर्नुअघि घोषणापत्र अनिवार्य सार्वजनिक गर्नु
बिहीबार, माघ २२, २०८२
निर्वाचन घोषणापत्र राजनीतिक दलले आयोगमा र उम्मेद्वारले सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था आचारसंहितामा गरिएको छ । राजनीतिक दल वा निर्वाचित उम्मेदवारले निर्वाचन घोषणापत्रमा उल्लेख भए बमोजिमको कार्यप्रगतिको प्रतिवेदन प्रत्येक वर्ष सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि गरिएको प्रवक्ता जिसीले बताए ।
निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी
बुधबार, माघ २१, २०८२
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज जारी गरेको विज्ञप्तिमा आयोगको मङ्गलबारको बैठकबाट कार्यविधि स्वीकृत भई जारी गरेकाले त्यसअनुसार बैंक खाता खोली निर्वाचन प्रचारप्रसारका आम्दानी र खर्च त्यसैमार्फत गर्न आह्वान गरेका हुन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनः समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम (सूचीसहित)
मंगलबार, माघ २०, २०८२
आयोगले आज प्रकाशित गरेको उम्मेदवारको अन्तिम सूचीमा ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिह्न कायम भएका कुल तीन हजार १३५ उम्मेदवार रहेका छन् ।
दल र उमेदवारले चुनाव खर्च छुट्टै बैंक खाता खोलेर गर्नुपर्ने
सोमबार, माघ १२, २०८२
राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिदै प्रत्यक्ष तथा समानुपातिक दुबै तर्फका उम्मेदवारले निर्वाचन अवधिभरको लागि बैंक खाता संचालन गर्न पाउने व्यवस्था मिलाउन भनेको हो ।
राप्रपाले १६० क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो
मंगलबार, माघ ६, २०८२
पार्टीले पूर्वदेखि पश्चिमसम्म अधिकांश क्षेत्रमा उम्मेदवार तय गर्दै चुनावी प्रतिस्पर्धामा होमिएको जनाएको छ।
कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै, राष्ट्रियसभाका लागि उम्मेदवार टुंगो लगाउने
मंगलबार, पुस २२, २०८२
पार्टी मुख्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मंगलबार उमेदवार टुंगो लगाउने निर्णय गरेको थियो । यसका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहान ११ बजे बस्दै छ ।
महामन्त्री पदमा उम्मेदवारी दिने पौडेलको घोषणा
बिहीबार, पुस १०, २०८२
सञ्चारकर्मीसँग बिहीबार (पुस १०) भेटघाटका क्रममा पौडेलले १४औँ महाधिवेशनमा आफूले महामन्त्रीमा प्रतिष्पर्धा गरे पनि सफल नभएको भन्दै १५औँ महाधिवेशनमा महामन्त्रीमा नै प्रतिस्पर्धा गर्ने बताए ।
सिन्धुपाल्चोक १ बाट राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्यका लागि पाँच जनाको नाम सिफारिस
मंगलबार, मंसिर २३, २०८२
नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ ले आसन्न निर्वाचनका लागि पाँच जनाको नाम सिफारिस गरेको छ ।
साताको लोकप्रिय

