Harsamaya
मतदानका दिन पनि आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले  प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन बिहीबार पनि आवश्यकताका आधारमा आन्तरिक हवाई उडान सञ्चालन हुने जनाएको छ ।

प्राधिकरणले देशभर सबै प्रकारका आन्तरिक उडानहरू आवश्यकताअनुसार सञ्चालन हुने र अन्तर्राष्ट्रिय उडानहरू मध्यपूर्वी गन्तव्यका उडानबाहेक अन्यत्र नियमित हुने स्पष्ट पारेको छ ।

मध्यपूर्वी गन्तव्यको उडान सञ्चालन सम्बन्धित देशको निर्णय तथा उडान हुने विमानस्थलको अवस्थाका आधारमा वायुसेवा कम्पनीको संशोधित उडान तालिकाबमोजिम सञ्चालन हुने प्राधिकरणले उल्लेख गरेको छ ।

मध्यपूर्वमा विकसित परिस्थितिका कारण ती क्षेत्रका सबै उडान तत्कालका लागि स्थगित हुँदै आएको छ ।
 

प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update