Harsamaya
निर्वाचनको दिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने 
सांकेतीक तस्वीरः हर समय/harsamaya

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बिहीबार हुने निर्वाचनका दिन देशभरका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन हुने जानकारी दिएको छ। प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै निर्वाचनको दिन उडानको अवस्थाबारे स्पष्ट पारेको हो।

प्राधिकरणका अनुसार आगामी बिहीबार निर्वाचनको दिन देशभरका सबै प्रकारका आन्तरिक उडानहरू आवश्यकता अनुसार सञ्चालन गरिनेछन्। 

यसैगरी, अन्तर्राष्ट्रिय उडानतर्फ मध्यपूर्वी गन्तव्यहरू बाहेकका अन्य सबै उडानहरू नियमित र सामान्य रूपमा सञ्चालन हुने प्राधिकरणले जनाएको छ।

मध्यपूर्वी देशहरूका गन्तव्यहरूको उडान सम्बन्धित देशको निर्णय र त्यहाँका विमानस्थलको मौजुदा अवस्थाका आधारमा मात्र तय गरिनेछ। वायुसेवा कम्पनीहरूले संशोधित उडान तालिका बमोजिम मात्र ती क्षेत्रमा उडान भर्ने प्राधिकरणको सूचनामा उल्लेख छ।

प्रकाशित मिति: मंगलबार, फागुन १९, २०८२  २१:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update