‘आलम ’ अवतारमा सिताराम कट्टेल
शनिबार, माघ १२, २०८१
बहुप्रतिक्षित फिल्म ‘लाज शरणम्’ को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ को क्यारेक्टर एक पूर्वमन्त्रीसँग मिल्न गएको छ । कट्टेल पूर्वमन्त्री मोहम्मद अफताब आलमजस्तै देखिएका छन् ।
एउटा हात उठाएर अभिवादन गरिरहेका सीतारामले दौरा/सुरुवाल र कालो रंगको ज्वारीकोट लगाएका छन्।

नेपालको अर्थतन्त्र दयनीय नै भएको हो त ?
शनिबार, माघ १२, २०८१
विगत एक वर्षदेखि नेपालको आर्थिक अवस्था निकै दयनीय बनेको अर्थशास्त्रीहरूले बताउँदै आएका छन् । सुस्ताएको अर्थतन्त्रमा पछिल्ला केही महिनामा सकारात्मक संकेतहरू देखिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने पछिल्ला रिर्पोटहरूले पनि त्यसको संकेत गर्छ ।
राष्ट बैंकको सार्वजनिक गरेको पुस महिनासम्मको आर्थिक सूचक हेर्दा अर्थतन्त्र सकारात्मकतातर्फ गएको देखिन्छ ।

चिसोका कारण सुनसरीको जनजीवन प्रभावित, सशस्त्र प्रहरीले बाँड्यो दाउरा
शनिबार, माघ १२, २०८१
दैनिक रूपमा मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई काममा जान समस्या हुन थालेको स्थानीयवासीले बताएका छन् । अत्यधिक चिसो र बाक्लो हुस्सुका कारणले मानिसलाई घरबाट बाहिर निस्कानका लागि समस्या हुने गरेको स्थानीय चन्दन मेहताले बताए ।

अतिथिलाई सुन्तलाकै माला, सुन्तला नै उपहार
शनिबार, माघ १२, २०८१
समुन्द्री सतहदेखि एक हजार एक सयदेखि एक हजार नौ सय मिटर उचाइमा फैलिएको दुई सय ३९ घर रहेको बाँसखर्कको धेरैले सुन्तला खेती गरेका छन् । एक हजार पाँच सय रोपनी क्षेत्रफलमा सुन्तला खेती भएको बाँसखर्कमा यस वर्ष १८ करोड ४४ लाख ४७ हजार मूल्य बराबरको सुन्तला उत्पादन भएको महोत्सवमा अगुवा...

अखिल क्रान्तिकारीको आज निर्वाचन, अध्यक्षमा ५ जनाको उम्मेदवारी
शनिबार, माघ १२, २०८१
भावी नेतृत्व तथा अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । जसअनुसार अध्यक्षका लागि हेमन्त राई, सुदिन पौडेल, विजयप्रकाश शर्मा सापकोटा, योगेन्द्र बुढा र उपदेश यादवको उम्मेदवारी कायम रहेको छ ।

आजको मौसमः तराईमा शीतलहर
शनिबार, माघ १२, २०८१
तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

चिसोले कठ्याङ्ग्रिएका सर्लाहीका मुसहर बस्ती, सुत्केरी र शिशुहरूको अवस्था दयनीय
शनिबार, माघ १२, २०८१
चिसो र शीतलहरको जोखिममा यहाँका विपन्न दलित मुसहर परिवार परेका छन्। अत्यधिक चिसोले मुसहर परिवार केही दिनयता समस्यामा परेका हुन।
बसवरिया गाउँपालिका–३ नाकैमा अन्तरगतको मुसहर माझी बस्ती छ। उक्त वस्तीमा झण्डै ४५ परिवार मुसहर जसोतसो खरको झुपडीमा जीवन धानिरहेका छन्।

महाभारत जंगल आगलागीः बस्ती छेउको आगो हेलिकप्टरबाट निभाइयो
शनिबार, माघ १२, २०८१
खानीखोला गाउँपालिका–१ स्थित थामलेकडाँडास्थित महाभारत जङ्गलमा चार दिनअघि आगलागी सुरु भएको थियो । जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी तथा अन्य सरोकार भएका निकायले जनशक्ति परिचालन गर्दा पनि आगो नियन्त्रणमा ल्याउन नसकेपछि बेथानचोक गाउँपालिकाले मन्त्रालयमार्फत हेलिकप्टर मगाई निभाउने प्रयास गरेको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए ।

पाँच लाख ८५ हजार राशिको ‘टाइगर कप’ आजदेखि
शनिबार, माघ १२, २०८१
प्रतियोगितामा विदेशी टोलीका रूपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्ड र पुरूषतर्फ भारतको सुनिल भलिबल क्लब, कुरूक्षेत्रको टिम सहभागी हुनेछन् । पुरूषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले सहभागिता जनाउने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए ।

आजको विदेशी मुद्राको विनियमदर : अमेरिकी डलरको भाउ घट्यो
शनिबार, माघ १२, २०८१
राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर एकसय ३८ रुपैयाँ २४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ३६ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक...

तपाईंको आजको दिन कस्तो छ ?
शनिबार, माघ १२, २०८१
वृष
आकस्मिक धन प्राप्ति हुनेछ । महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । सुख प्राप्त हुनेछ । साथीभाइबाट धोका हुनसक्छ । शत्रुहरू पराजित हुनेछन्।

एमएड र एमएसएसइडि प्रथम सेमेस्टरको प्रवेश परीक्षााको नतिजा सार्वजनिक (सूचनासहित)
शुक्रबार, माघ ११, २०८१
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण महाशाखा, बल्खुले शिक्षाशास्त्र संकायको स्नातकोतरको एमएड र एमएसएसइडि प्रथम सेमेस्टरको प्रवेश परीक्षााको नतिजा सार्वजनिक गरेको छ ।
साताको लोकप्रिय