Harsamaya
पूर्वराजा ज्ञानेन्द्र जनकपुरधाममा, आज जानकी मन्दिर दर्शन गर्ने
पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल राज्य लक्ष्मी देवी शाह ।

जनकपुर - पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुरधाम आईपुगेका छन् । शाह आइतबार बेलुकी जनकपुरधाम आइपुगेका हुन ।

पूर्वराजा शाह सडक मार्ग हुँदै हिजो बेलुकी ६:३० बजे जनकपुरधाम आईपुगेको राष्ट्रिय प्रजातन्त्र पार्टीको स्वागत मूल समारोह समिति धनुषाका संयोजक श्रवण कुमार झाले जानकारी दिए । उनीसंगै पूर्व रानी कोमल राज्य लक्ष्मी देवी शाह पनि जनकपुरधाम आईपुगेकी छन् ।

पूर्वराजा शाह र पूर्वरानीले आज दिउँसो ३ बजे जनकपुरधामस्थित राम मन्दिर र जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको संयोजक झाले जानकारी दिए । उनका अनुसार आज पूजापाठ गरी पूर्वराजा शाह र रानीले जनकपुरमै रात्री विश्राम गर्ने कार्यक्रम रहेको छ ।

केही दिन अघि रास्वपाले जनकपुरधाममा गरेको चुनावी सभामा सहभागी हुन काठमाडौंका निवर्तमान मेयर बालेन्द्र शाह बालेन, रवि लामिछानेलगायतका नेताहरु बसेको होटेलमा पूर्व राजाका छोरा पारस शाहसमेत बास बसेका थिए ।

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update