एमाले र प्रलोपाबीच तालमेल गर्ने सहमति‚ जनार्दन शर्मालाई भोट हाल्ने
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तालमेलको सहमति भएको छ ।
दुई दलबीचमा आज भएको सहमतिअनुसार प्रलोपाबाट पश्चिम रुकुमका उम्मेदवार जनार्दन शर्मा र पूर्वीरुकुमका उम्मेदवार सन्दीप पुनको पक्षमा ‘आँखा’ चिह्नमा एमालेले सहयोग गर्ने सहमति भएको हो ।
यस्तै, कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेक जिल्ला र पुरानो राप्ती अञ्चलका जिल्लामा एमाले उम्मेदवारका पक्षमा ‘सूर्य’ चिह्नमा प्रलोपाले सहयोग गर्ने सहमति भएको छ ।
सहमतिमा एमालेका तर्फबाट उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपाका अध्यक्ष दुर्गा सोबले हस्ताक्षर गर्नुभएको एमालेका केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीले जानकारी दिए।
प्रकाशित मिति: आइतबार, माघ ११, २०८२ २१:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

