कांग्रेसले फागुन ७ गते जनकपुरमा आमसभा गर्ने
काठमाडौं- नेपाली कांग्रेसले फागुन ७ गते जनकपुरमा आमसभा गर्ने भएको छ। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार प्रजातन्त्र दिवसका अवसरमा फागुन ७ गते जनकपुरमा आमसभा गर्ने भएको हो।
‘त्याग र समर्पणको पवित्र भूमि-शहीद नगरी जनकपुरधाममा ऐतिहासिक आमसभा, नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापालगायत केन्द्रीय नेताहरूबाट सम्बोधन हुने विशेष आमसभा प्रजातन्त्र दिवस फागुन ७ गते तय गरिएको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
कांग्रेसले माघ १६ गते जनकपुरमा सभा गर्ने भने पनि स्थगित भएको थियो।
प्रकाशित मिति: आइतबार, माघ ११, २०८२ २०:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

