काठमाडौं - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको छ । बाँकी हिमाली भू-भागमा आंशिक बादल लागी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात र वर्षा भइरहेको छ ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू- भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ।
आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु/कुहिरो रहनेछ। देशका हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

