गृहमन्त्रीको सचिवालयले सार्वजनिक गर्यो वर्ष दिनको उपलब्धिहरू
मंगलबार, असार ३१, २०८२
‘आमजनताको चाहनाअनुसार राष्ट्रिय हितको रक्षा गर्न भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माणलाई तीव्रता दिन, राजनीतिक स्थिरताका लागि अन्य दलहरूलाईसमेत सहभागी गराई बनेको वर्तमान सरकार नीतिगत र कानुनी सुधारको पाटोलाई पनि प्राथमिकतामा राखेर अघि बढेको छ ।
के छ आज सुनचाँदीको भाउ ?
मंगलबार, असार ३१, २०८२
सोमबार प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार पनि सोही मूल्य कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बरुण हाइड्रोपावरको हकप्रद सेयर आज देखि निष्कासनमा
मंगलबार, असार ३१, २०८२
गत जेठ २१ सम्म नेप्सेमा कारोबार भई कायम भएका सेयर धनीहरूले मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि अगामी साउन १९ गते सम्म आवेदन दिन पाउनेछन् ।
युक्रेनलाई हतियार दिएर समर्थन गर्ने ट्रम्पको वाचा, रूस विरुद्ध कर लगाउने धम्की
मंगलबार, असार ३१, २०८२
प्याट्रियट वायु रक्षा प्रणाली सहित केही सैन्य उपकरणहरू केही दिन भित्र युक्रेनमा आइपुग्ने ट्रम्पले बताएका छन् । उनले थपे कि केही युरोपेली देशहरूले आफ्नो प्याट्रियट वायु रक्षा प्रणाली युक्रेनमा स्थानान्तरण गर्नेछन् ।
घुस डिलमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए पदबाट राजीनामा
मंगलबार, असार ३१, २०८२
सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै उनले प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा दिएको बताएका हुन् ।
धनुषाको सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर र वडा अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मंगलबार, असार ३१, २०८२
अख्तियारले सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर यादव, तत्कालीन लेखापाल शिव कुमार झा र उक्त पालिकाकाका पशु सेवा शाखाका प्रमुख राज किशोर सल्हैता १४ लाख ७७ हजार ५ सय बिगो माग गरेको छ ।
बिपी राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध, खुलाउने प्रयास जारी
मंगलबार, असार ३१, २०८२
वर्षा लागेसँगै बाढी र लेदोले बिपी राजमार्ग पटक पटक अवरुद्ध हुँदै आएको छ । वर्षाका कारण माथिबाट लेदो सहितको बाढी आउँदा सडक अवरुद्ध हुने गरेको छ । गएको असोज महिनामा आएको बढी पहिरोले सो सडकको रोशी खोला क्षेत्रमा ठुलो क्षति पुर्याएको छ ।
कस्तो रह्यो परराष्ट्र मन्त्रीको एक वर्षे कार्यकाल ?
मंगलबार, असार ३१, २०८२
विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागिताका साथै द्विपक्षीय एवं बहुपक्षीय भेटवार्ताहरूमा मन्त्री राणाले नेपालका राष्ट्रिय एजेन्डाहरू राख्नुका साथै राष्ट्रिय स्वार्थका पक्षमा वकालत गरिरहेकी छन् ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
मंगलबार, असार ३१, २०८२
आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३८ रुपैयाँ, आलु रातो प्रतिकिलो ४३ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३६ रुपैयाँ कायम भएको छ ।
राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबारदेखि हुदैँ
मंगलबार, असार ३१, २०८२
चेसलाई प्रवर्द्धन र विकास गर्ने उद्देश्यले स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट र एड्भान्स गरी ५ वटा कोर्समा १ सय बढीलाई थापाथलीस्थित आफ्नै चेस हल र भक्तपुर शाखामा प्रशिक्षण दिइरहेको छ ।
घुस काण्डमा मुछिएका मन्त्री मन्त्रिपरिषद् बैठकमा सहभागी भएपछि डा. शेखरको असन्तुष्टि
मंगलबार, असार ३१, २०८२
उनले लेखेका छन् ‘यस्तै रहेछ यहाँको चलनः मन्त्रीक्वाटरमा बिहानै आएर विचौलियाले घुसको व्रिफकेस छाड्छन्, आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रिपरिषद् बैठकमा भाग लिन्छन्। सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्छन् तथा गठबन्धनका सहयात्री हामी नेपाली काँग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौँ ’।
काठमाडौं जेभियर पब्लिक बास्केटबल आजदेखि
मंगलबार, असार ३१, २०८२
प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार खर्च हुने काठमाडौं जेभियरका बास्केटबल प्रशिक्षक विकास बोटेले बताए । हाल जापानमा रहेका काठमाडौं जेभियरकै पूर्व विद्यार्थी सन्जिव मगरले पनि प्रायोजन गर्ने संस्थापक प्रिन्सिपल अधिकारीले बताए ।
केदारमान थाइल्यान्ड जादैँ
मंगलबार, असार ३१, २०८२
असार ३२ देखि साउन ३ गतेसम्म हुने प्रतियोगितामा केदारले ५० वर्षमाथि पुरुष ७६ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् ।
साताको लोकप्रिय

