सेतोपाटीलाई एक लाख जरिवाना
काठमाडौं - निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै सेतोपाटी सञ्चार प्रालिलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ। आयोगले सोमबार निर्वाचन विश्लेषणसम्बन्धी सामग्री प्रकाशित गरेको भन्दै यस्तो निर्णय गरेको हो।
आयोगका अनुसार सेतोपाटीले निर्वाचन आचारसंहिता २०८२ को दफा ४ र दफा २५ का केही प्रावधान उल्लंघन गरेको छ। तोकिएको जरिवाना १५ दिनभित्र बुझाउन निर्देशन दिइएको छ।
सेतोपाटीले ११ निर्वाचन क्षेत्रमा पुगेर १० हजारभन्दा बढी मतदातासँग कुरा गरी निर्वाचन विश्लेषण प्रकाशित गरेको थियो। यस विषयमा स्पष्टीकरण मागिएपछि सेतोपाटीले सर्वोच्च अदालतमा रिट दायर गरेको छ।
सेतोपाटीले भने निर्वाचनसम्बन्धी सूचना नागरिकसम्म पुर्याउनु मिडियाको संवैधानिक अधिकार र कर्तव्य भएको जिकिर गर्दै आएको छ।
प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२ १९:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

