Harsamaya
बाफलमा स्कुटर दुर्घटना हुँदा महिलाको मृत्यु
प्रतिकात्मक तस्वीर : हर समय/Har Samaya

काठमाडौं - काठमाडौंको बाफलमा स्कुटर दुर्घटना हुँदा महिलाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–१३ बाफलस्थित सडकमा बाप्र ०२–०४९ प १६३५ नम्बरको मोटरसाइकल र लु ७९ प ३४९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाँदा स्कुटरमा सवार नवलपरासी पूर्व घर भएकी ५० वर्षीया पिन्कीदेवी रौनियारको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी रौनियारको  उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी स्कुटर चालकको राष्ट्रिय ट्रमा सेन्टर र मोटरसाइकल चालकको शहिद मेमोरियल अस्पताल कलंकीमा उपचार भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  २१:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update