Harsamaya
भारतका प्रधानमन्त्री मोदीको रवि र बालेन्द्रलाई टेलिफोन,  चुनावी सफलताको बधाई
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ।

काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र बालेन्द्र शाहसँग टेलिफोनमार्फत कुराकानी गरेका छन्।

मोदीले रास्वपाका सभापति लामिछाने र पार्टीका वरिष्ठ नेता शाहलाई नेपालमा भएको निर्वाचनमा प्राप्त विजय तथा रास्वपाको उल्लेखनीय सफलताका लागि बधाई दिएका हुन्।

टेलिफोन संवादका क्रममा उनले नयाँ सरकार गठनको तयारीप्रति शुभकामना व्यक्त गर्दै नेपाल र भारतबीचको सम्बन्धलाई अझ मजबुत बनाउँदै पारस्परिक समृद्धि, प्रगति र दुई देशका नागरिकको कल्याणका लागि मिलेर काम गर्ने भारतको प्रतिबद्धता दोहोर्‍याएका छन्।

मोदीले नेपाल–भारत सम्बन्ध आगामी वर्षहरूमा संयुक्त प्रयासमार्फत अझ उचाइमा पुग्ने विश्वास पनि व्यक्त गरेका छन्।

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  २१:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update