Harsamaya
व्यवसायीलाई आवश्यक कागजात लिएर तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ।

काठमाडौं - बजार अनुगमनका क्रममा १७ वटा उद्योग तथा व्यवसायलाई निर्देशन दिइएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार विभिन्न स्थानमा गरेको अनुगमनपछि उपभोक्ता संरक्षण ऐन २०७५ र नियमावली २०७६ अनुसार गर्न आवश्यक निर्देशन दिएको हो।

अनुगमनका क्रममा केही व्यवसायमा कागजात अपूर्ण भएको, मूल्यसूची नराखिएको लगायतका कमजोरी भेटिएपछि सुधार गर्न निर्देशन दिइएको विभागले जनाएको छ।

मध्यपुर थिमी, कागेश्वरी मनोहरा, बूढानीलकण्ठ, काठमाडौं महानगरपालिका तथा सूर्यविनायक नगरपालिकाका विभिन्न पसल तथा स्टोरहरूमा गरिएको अनुगमनपछि सम्बन्धित व्यवसायीलाई आवश्यक कागजात तीन दिनभित्र विभागमा उपस्थित गराउन तथा सुधार गर्न भनिएको छ।

विभागले बजारमा उपभोक्ताको अधिकार संरक्षणका लागि अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

643409621_2449743358825643_5738049574493555403_n-1773071910.png

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  २१:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update