Harsamaya
टर्कीको हवाई क्षेत्रमा इरानको दोस्रो क्षेप्यास्त्र 
इरानबाट प्रहार गरिएको अर्को ब्यालेस्टिक क्षेप्यास्त्र टर्कीको हवाई क्षेत्रमा प्रवेश ।

एजेन्सी - इरानबाट प्रहार गरिएको अर्को ब्यालेस्टिक क्षेप्यास्त्र टर्कीको हवाई क्षेत्रमा प्रवेश गरेपछि नेटोको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले त्यसलाई निष्प्रभावी बनाएको टर्कीको रक्षा मन्त्रालयले जनाएको छ। पाँच दिनभित्र टर्कीको हवाई क्षेत्रमा गरिएको यो दोस्रो आक्रमण भएको बताइएको छ।

फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल आक्रमणको जवाफमा इरानले क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दै आएको छ। इरानले अदानानजिक रहेको इन्सर्लिक एयर बेसलाई लक्षित गरी आक्रमण गरिरहेको जनाइएको छ, जहाँ अमेरिकी सेनाको उपस्थिति छ।

यसबीच टर्कीस्थित अमेरिकी दूतावासले सुरक्षा जोखिमका कारण अदानास्थित वाणिज्य दूतावास बन्द गर्दै गैर–आकस्मिक कर्मचारी र अमेरिकी नागरिकलाई दक्षिणपूर्वी टर्की छोड्न आग्रह गरेको छ।

नेटोले भने आफ्ना सहयोगी राष्ट्रहरूको सुरक्षाका लागि आवश्यक कदम चाल्न तयार रहेको जनाएको छ।

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  २१:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update