Harsamaya
मोबाइल चिन्ह र उक्त दलसँग मेरो कुनै सम्बन्ध छैन - ऋषि धमला
प्रतिनिधिसभा निर्वाचनमा रौतहट–४ बाट पराजित भएका ऋषि धमला ।

काठमाडौं - प्रतिनिधिसभा निर्वाचनमा रौतहट–४ बाट पराजित भएका ऋषि धमलाले आम जनता पार्टीसंग आफ्नो कुनै सम्बन्ध नरहेको बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा धमलाले निर्वाचनका लागि मात्रै आफूले आम जनता पार्टीको चूनाव चिन्ह प्रयोग गरेको भन्दै निर्वाचन सकिएकाले अव सो पार्टीसंग कुनै सम्बन्ध नरहेको बताएका हुन् । आफूले अहिलेसम्म कुनैपनि दलको सदस्यता नलिएको र निर्वाचनमा प्रयोग गरेको मोबाइल चिन्ह र उक्त दलसँग कुनै सम्बन्ध नरहेको उनको भनाइ छ ।

धमलाले आफूले लिएको चुनाव चिन्ह ‘मोबाइल’ आम जनता पार्टी र जनादेश पार्टीबीचको एकल चुनाव चिह्न लिने सहमतिबमोजिम आफूले प्रयोग गरेको बताए । आफू चुनावमा जानुअघि नै बालेन शाहले बोलाएर चूनावमा उठ्न आग्रह गरेको समेत उनले बताए । 

उनले आफूले ६ महिनाअघि नै मधेशमा जन्मिएको व्यक्ति प्रधानमन्त्री बन्नुपर्छ भनेर बोलेको भन्दै अहिले त्यो दिन नजिक आएको उल्लेख गरे । 

धमलाले आफू आगामी दिन पनि निरन्तर रौतहटवासीको सुख–दुःखमा साथमा रहने बताए । 

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  २०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update