रमजान मुबारक महिना आजदेखि सुरु
आइतबार, फागुन १८, २०८१
दान दिनु गरिब र दीनदुःखीको सेवा गर्नु, जकात निकाल्नु यो महिनाको विशेषता हो । व्रत बस्न आज साँझ मुसलमानहरूले चन्द्रमा हेर्ने गर्छन् ।
प्रकृति लम्सालको घरमै पुगेर शेखरले भने - घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुनुपर्छ
शनिबार, फागुन १७, २०८१
लम्सालको परिवारलाई भेट्न कोइराला सहमहामन्त्री जीवन परियार, संघीय सांसद सुरेन्द्र आचार्य, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री प्रचण्डविक्रम न्यौपाने, कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई साथमा लिएर पुगेका थिए।
केपी ओली कप: मछिन्द्र क्लब फाइनलमा प्रवेश
शनिबार, फागुन १७, २०८१
अब मछिन्द्रले सोमबार हुने फाइनलमा त्रिभुवन आर्मी क्लबको सामना गर्ने छ । फाइनल खेल दशरथ रंगशालामा सोमबार साँझ ५ बजेदेखि शुरु हुने छ ।
अमेरिकाको असफल भ्रमणपछि लण्डन पुगे जेलेन्स्की
शनिबार, फागुन १७, २०८१
उनले सामाजिक सञ्जालमा केहीबेर अघि पनि युक्रेनलाई सहयोग गरेकोमा अमेरिकालाई धन्यवाद दिँदै युक्रेन अमेरिकासँग खनिज सम्झौता गर्न तयार रहेको तर सुरक्षा ग्यारेन्टी हुनुपर्ने दोहोर्याएका छन् । उनले सुरक्षा ग्यारेन्टी बिनाको युद्धविराम युक्रेनका लागि खतरनाक हुने पनि बताएका छन् ।
चीन र भारत दुबै छिमेकीसँग समान सम्बन्ध - उपमहासचिव ज्ञवाली
शनिबार, फागुन १७, २०८१
उपमहासचिव ज्ञवालीले प्रत्येक मुलुकले उचालिएकै भरमा निर्णय गर्न नहुने दृष्टान्त युक्रेन घटनाले प्रस्तुत गरेको जिकिर गरे । युक्रेन विवाद र शक्ति राष्ट्रहरू बीचको द्वन्द्वले विकासोन्मुख र साना राष्ट्रहरूलाई सार्वभौमिकता र अखण्डता जोगाउन समस्या पर्ने गरेको दृष्टान्त प्रस्तुत गरेको उनले बताए ।
६ वटा अध्यादेश जनताको आवश्यकता र मुलुकको हितमा - रामकृष्ण यादव
शनिबार, फागुन १७, २०८१
उनले अध्यादेश आवश्यक रहेको बताउँदै यसलाई संघीय संसद्को दुवै सदनबाट पारित गराइनुपर्ने र यसका लागि सहमति खोज्नुपर्नेमा जोड दिए । साथै, यादवले दल विभाजनको उद्देश्य राखेर राजनीतिक दलसम्बन्धी विधेयक ल्याउन खोजिएको भन्ने कुरामा कुनै सत्यता नरहेको जिकिर गरे । लोकतन्त्रमा कुनै पनि राजनीतिक दललाई सकाउन र निषेध गर्ने उद्देश्य राखेर...
ठूला पार्टी मिलेर बनेको सरकारले आशा जगाउनै सकेन- अध्यक्ष लिङ्देन
शनिबार, फागुन १७, २०८१
उनले वर्तमान संघीयता असफल रहेको भन्दै प्रदेश व्यवस्था खारेज गर्नुपर्ने, संसदलाई पुनः समानुपातिक बनाउने, तथा निर्वाचित प्रधानमन्त्रीलाई दुई कार्यकालसम्म सीमित गर्नुपर्ने बताए ।
भूमिसम्बन्धी अध्यादेश फिर्ता नलिए अन्य अध्यादेशको विपक्षमा उभिन्छौं - जसपा प्रवक्ता सुमन
शनिबार, फागुन १७, २०८१
उनले अध्यादेश आउँदै गर्दा आफूहरूलाई सरकारमा जान लागेको भनेर मिडियाले लेखेकोमा भने असहमति जनाए । उनले अहिलेसम्म सरकारलाई दिएको समर्थन कायम रहेको उल्लेख गरे । तर, यो समर्थन पनि अध्यादेश फिर्ता हुने वा नहुनेमा निर्भर रहेको उनको भनाइ छ ।
तयार भयो ‘बजेट क्यालेण्डर’: यसरी लेखिन्छ बजेट
शनिबार, फागुन १७, २०८१
आगामी आर्थिक वर्षको बजेट बनाउनका लागि सबै मन्त्रालयहरुले बजेटको सीमा र बजेट तर्जुमा मार्गदर्शन पाइसकेका छन्। मन्त्रालयहरुले बजेटमा समावेश गर्नुपर्ने नीति, कार्यक्रम र अपेक्षित उपलब्धिसहितका सूचकहरूको विवरण आगामी चैत १ गतेदेखि चैत २० गतेसम्म अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई उपलब्ध गराइसक्नुपर्नेछ।
कान्तिलाई हजार शैय्या पुर्याउन मन्त्रीले मागे जापानसँग सहयोग
शनिबार, फागुन १७, २०८१
त्यसक्रममा राजदूत मायदाले अस्पताललाई सघाउन सकारात्मक रहेको बताए । राजदूत मायदाले जापान र नेपालबीच लामो सहयोग सहकार्य रहेको भन्दै मन्त्रालयका अनुरोधका पक्षमा सकारात्मक रहेको बताएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
उत्तराखण्डमा हिमपहिरोमा फसेका ४७ जनाको उद्धार, आठ कामदारको खोजी जारी
शनिबार, फागुन १७, २०८१
उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीले उक्त क्षेत्रको मौसम सफा भएसँगै राहत र उद्धार कार्यलाई तीव्रता दिइएको बताएका छन् ।
युरोपेली नेताहरूले भने - युक्रेन ‘एक्लो छैन’
शनिबार, फागुन १७, २०८१
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘आज, यो स्पष्ट भयो कि यो चुनौतीको सामना गर्नको लागि स्वतन्त्र विश्वलाई नयाँ नेताको खाँचो छ। यसका लागि हामी युरोपेलीहरू के गर्छौँ यसमा निर्भर रहनेछ।’
साताको लोकप्रिय

