
काठमाडौं - आज २०८२ जेठ ९ गते । आज शुक्रबारको दिन १२ राशिका जातकहरूको लागि विविध शुभ संकेतहरू ल्याउँदै आएको छ। कतै प्रेममा उन्मुक्ति छ, त कतै व्यापारमा लाभ। हेर्नुहोस् तपाईँको राशिले के भन्छ :-
मेष : विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ । आम्दानी सामान्य भए पनि ठुलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ। सोचेको आँटेको काममा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ ।
वृष : नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्त्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। पढाई लेखाइमा प्रगति हुनेछ । चिताएको कामले राम्रै लाभ दिलाउनेछ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ आम्दानीका नयाँ श्रोतहरू फेला पर्नेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्याङ्कन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ ।
मिथुन : प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्त्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । विभिन्न अवसर प्राप्त हुनुका साथै कीर्तिमानी काम गर्ने समय छ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ ।
कर्कट : श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । काममा लगानी गर्न केही समय प्रतीक्षा गर्नुहोला । घरेलु काममा रुचि बढ्नेछ । रमाइलो यात्राको अवसर जुट्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ । धार्मिक र सामाजिक काममा व्यस्त रहनुपर्नेछ । सवारीमा समेत सावधानी अपनाउनुपर्ला । स्वास्थ्यमा केही समस्या देखिन सक्छ ।
सिंह : रमाइलो यात्राको अवसर जुट्न सक्छ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ । सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ। पढाई लेखाइमा प्रगति हुनेछ । व्यापार व्यवसायमा गरेको लाभ मिल्न सक्छ । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ। सवारीमा सावधानी अपनाउनुहोला । अरूको भरपर्दा काममा बाधा पुग्न सक्छ, सजग रहनुहोला।
कन्या : सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । प्रशंसकहरू बढ्नेछन् र मान सम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। असन्तुलित खानपानले पेटको समस्या देखिनेछ । दाम्पत्य जीवनमा खुसीयाली छाउनेछ । आम्दानीका नयाँ श्रोतहरू फेला पर्नेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाट हुनेछ । आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा ध्यान पुर्याउनुहोला।
तुला : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ। प्रशंसकहरू बढ्नेछन् र मान सम्मान समेत पाइनेछ । पैतृक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा सफल भइनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ ।
वृश्चिक : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ । विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। परोपकारी काममा रुचि बढ्नेछ । धार्मिक काममा व्यस्त रहनुपर्ला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झुकाउन सक्छन्। अवसर आए पनि नयाँ काममा हात हाल्नु अघि विचार पुर्याउनुहोला।
धनु : काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । चिताएको काम बिग्रनाले परिस्थिति अलि प्रतिकूल रहनेछ । समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ। अरूको फाइदाका लागि उपयोग भइएला। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। महत्त्वाकाङ्क्षी योजना गोप्य राख्नुहोला।
मकर : सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ । प्रयास गर्दा व्यावसायिक काम सफलता मिल्नेछ । लगनशीलताले महत्त्वपूर्ण काम दिलाउन सक्छ। मान सम्मान पनि पाइनेछ। विगतका समस्या बल्झिए पनि साँझदेखि स्थितिमा सुधार आउनेछ । परिश्रम परे पनि समय निकै फलदायी रहनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ।
कुम्भ : अध्ययन अध्यापनमा प्रगति हुनेछ। रमाइलो यात्राको योग रहेको छ। सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ । बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। स्वास्थ्यमा केही समस्या आउने देखिन्छ । लामो समयपछि साथीभाइसँग भेटघाट हुँदा मन खुसी रहनेछ । अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली–व्यवहारमा सजग रहनुपर्ला।सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखा पर्न सक्छ ।
मीन : बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ । टाढाको यात्राको सम्भावना देखिन्छ । विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ। समयमा सजग नहुँदा महत्त्वाकाङ्क्षी योजना बिग्रन सक्छ । व्यवहारमा केही चुनौती देखा पर्नेछन् भने अप्ठ्यारो परिस्थिति पनि सामना गर्नुपर्ला । भेटघाटमा अलमलिनाले चिताएका काममा बाधा उत्पन्न होला।