काठमाडौं - आज युगकवि सिद्धिचरण श्रेष्ठको १ सय ९ औँ जन्म जयन्ती मनाईंदै छ । वि.सं १९६९ साल जेठ ९ गते युगकवि श्रेष्ठको जन्म ओखलढुंगामा भएको थियो । सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यमा युगकवि र नेपाल भाषामा कविरत्नका रूपमा चिनिन्छन् हरेक वर्ष जेष्ठ शुक्ल पञ्चमीका दिनमा युगकवि सिद्धिचरण श्रेष्ठको जन्म जयन्ती मनाउने गरिन्छ ।
सिद्धिचरणको मेरो प्यारो ओखलढुगां कविता त झन जन्मस्थल छाडेर बेग्लै कर्मस्थलमा आइपुगेका नेपालीहरूको जन्मस्थलको एउटा थेगो गान नै भएको छ । ओखलढुगां र कवि श्रेष्ठ यति धेरै जोडिएका छन् कि ओखलढुगां र कटारी जोड्ने राजमार्ग पनि यिनै कविको सम्झनामा सिद्धिचरण राजमार्गका रूपमा नामाकृत गरिएको छ । नेपाली अनि नेवारी दुवै भाषामा उनका कविताहरू पाइन्छ, दुवै भाषाका प्रखर ज्ञान भएका युगकवि श्रेष्ठ आफ्ना अभिव्यक्तिहरूमा समाजको वास्तविक चित्रण गर्न र सुधारवादी धारहरू ल्याउन तल्लीन देखिन्छन् ।
आफ्नो कवितामा क्रान्ति भन्ने शब्द प्रयोग गरेकाले कवि श्रेष्ठलाई राणा शासकहरूले १८ वर्ष जेल तोकेको थिए । पिताको किरियामा समेत उनलाई जेलनेल वाट मुक्त गरिएन ।
नेपाली भाषामा भने उर्वशी, मेरो प्रतिबिम्ब, आँसु, कोपिला, विश्व बेथा, मगंल मान, जुनकिरी, कुहिरो र घाम, बाचीरहेको आवाज, ज्यानमारा सैल, तिरीमिरीतन्त्र, वाली, भिमसेन थापा, युद्ध र शान्ति, आत्मा बिलौना, सिद्धिचरणका प्रतिनिधि कविता र सिद्धिचरणका जेल सम्झना पर्दछन् । नेवा भाषामा भने लुम्बिनी, तृष्णा, फु स्वाँ, सि स्वाँ, ग्वयस्वाँ, मुस्वाँ, सिद्धिचरण निवन्ध संग्रह र घाम आदि पर्दछन् ।

