Harsamaya
बैतडी केन्द्रबिन्दु भएर भूकम्प
सांकेतिक तस्वीर: हर समय/ Har samaya

बैतडी - बैतडी जिल्लाको खलङ्गा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार आज बिहान १ः४८ बजे पाँच दशमलव एक र २ः०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको हो ।लगातार दुईपटक पराकम्पपन आएपछि त्यहाँका स्थानीय घर बाहिर निस्केका थिए । दार्चुला, बझाङ, डडेलधुरामा भूकम्पको धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताए । 

भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन कार्य भइरहेको छ । मानवीय क्षतिको विवरण प्राप्त नभए पनि केही पुराना घरहरू चर्किएको पाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  ०७:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update