Harsamaya
अवैध लागूऔषध सहित ६ जना पक्राउ
सांकेतिक तस्वीर: ग्रापिक्स: हर समय/Har Samaya

उदयपुर-त्रियुगा नगरपालिका-९ गैरून बस्ने ४१ वर्षीया शिव माया लुङ्गेली मगरलाई अवैध लागूऔषध गाँजा २ किलो ८ सय १० ग्राम सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब ५१ किलोग्राम सहित सहिदभूमि गाउँपालिका-७ बस्ने २६ वर्षीया लक्ष्मी राईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले तेह्रथुमबाट ईटहरीतर्फ जाँदै गरेको प्र.१-०२-००१ ज ४४८० नम्बरको गाडीलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी गाडीमा सवार उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले गाडी चालकलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको  छ ।  

झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-७ इँटाभट्टा बस्ने २५ वर्षीय घनश्याम माझीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सिराहा, भगवानपुर गाउँपालिका-१ कल्याणपुरबाट अवैध लागूऔषध गाँजा करिब ३० किलो ९ सय ५५ ग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-५ परोल बस्ने ४२ वर्षीय काशिन्दर राम र ५० वर्षीय अशेश्वर राम रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहा र इलाका प्रहरी कार्यालय महेशवारी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  २२:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update