सुनको मूल्य घट्यो
मंगलबार, जेठ १३, २०८२
यसैगरी चाँदीको मूल्य तोलामा २ हजार ९९५ रुपैयाँ कायम भएको छ । यसअघि सोमबार चाँदीको मूल्य तोलामा २ हजार ५ रुपैयाँ कायम भएको थियो । यस आधारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य तोलामा सामान्य घटेको छ ।
राप्रपा संसदीय दलको बैठक बस्दै
मंगलबार, जेठ १३, २०८२
बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, जेठ १५ गतेदेखि सुरु हुने देशव्यापी आन्दोलन, गृहमन्त्रीसँग जोडिएको भिजिट भिसा प्रकरणलगायत विषयमा छलफल हुने बताइएको छ ।
स्वदेश फर्किए भारतमा कास्य पदक जितेर कुस्ती खेलाडी सुरेश चुनारा
मंगलबार, जेठ १३, २०८२
सुरेशले भारतको नयाँ दिल्लीमा सम्पन्न यूडब्लूडब्लू एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा कांस्य पदक जितेका हुन् । प्रतियोगितामा तीन नेपाली खेलाडीको सहभागिता रहेको थियो । कास्य पदक जितेर स्वदेश फर्किएपछि सुरेशले यो सिङ्गो नेपालको जित भएको बताए ।
विद्युत् विधेयकलाई एक महिनाभित्र संसदबाट पास गर्ने गरी सरकारले काम गरिरहेको छ : उर्जा मन्त्री खड्का
मंगलबार, जेठ १३, २०८२
उनले सरकारले ल्याएको ऊर्जा विकास मार्गचित्रलाई कार्यान्वयन गर्नका लागि ऊर्जा मन्त्रालयका सचिवको नेतृत्वमा अन्तरमन्त्रालय समिति र उपसमिति गठन गरिएको जानकारी दिए । अव पुरानो मानसिकता र पुरानो कानूनलाई परिमार्जन गर्दै अगाडि बढ्ने उनको भनाई थियो ।
यस्तो छ, आज फलफूल तथा तरकारीको बजार मूल्य
मंगलबार, जेठ १३, २०८२
त्यसैगरी सानो गोलभेडा लोकल रु ५८, सानो गोलभेडा टनेल रु ७५, रातो आलु रु ३६, रातो आलु रु ३८, प्याज रु ३६, गाजर लोकल रु ४५, बन्दा लोकल रु १५, स्थानीय काउली रु ३०, सेतो मुला लोकल रु १५, लाम्चो भान्टा रु २५, डल्लो भान्टा रु ३०, तने बोडी रु...
प्रहरी सेवालाई परिणाममुखी बनाउने कोशीका डिआइजी कार्कीको प्रतिबद्धता
मंगलबार, जेठ १३, २०८२
१५ दिनअघि मात्र प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेका डिआइजी कार्कीले ‘बेस्ट पुलिसिङ’ अवधारणाअनुसार सङ्गठनलाई जनमैत्री, पारदर्शी र उत्तरदायी बनाउने योजना सुनाए। उनले भने, ‘अबको प्रहरी सेवा नतिजामुखी हुनेछ । जनताले अनुभूति गर्ने गरी व्यवहारिक सुधार ल्याइन्छ। अबको परिवर्तन कागजमा मात्र होइन, व्यवहारमै देखिन्छ ।’
मकवानपुरमा बसको ठक्करले ३ जनाको मृत्यु, ३ जना घाइते
मंगलबार, जेठ १३, २०८२
बसको ठक्करबाट स्थानीय झम्केश्वरी माविका शिक्षक लोकेन्द्रकुमार ठाकुर, लेखापढी गर्ने कृष्ण बलामी र झम्केश्वरी माविकै शिक्षक रघुनन्दन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए । घाइते मध्य ठाकुर र बलामिको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचारको क्रममा मृत्यु भएको छ भने यादवको ट्रमा सेन्टर काठमाडौंमा...
नवलपुरको अम्रसा जङ्गलमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
मंगलबार, जेठ १३, २०८२
अम्रसाबाट चोरमारा तर्फ आउँदै गरेको लु९प ८११६ नम्बरको मोटरसाइकल बाटो चिप्लो भएका कारण नियन्त्रण गुमाएर आज बिहान दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।
आइओएफटिसीको १५ औँ संस्करण नेपालमा हुने
मंगलबार, जेठ १३, २०८२
आइओएफटिसीले आफ्नो २५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा नेपालमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता यसै वर्षको डिसेम्बर १८ देखि २० तारिखसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । यसभन्दा अघि आइओएफटिसीको १४ औँ संस्करण गत वर्ष दक्षिण कोरियाको सिओलमा भएको थियो ।
पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना
मंगलबार, जेठ १३, २०८२
माैसम पूर्वानुमान महाशाखाका अनुसार मधेश तथा लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर
मंगलबार, जेठ १३, २०८२
नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ४४ पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५५ रुपैयाँ २७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८४ रुपैयाँ १९ पैसा र बिक्रीदर १८५ रुपैयाँ...
प्रतिनिधि सभा बैठक बस्दै, गृहमन्त्रीको राजीनामा माग्ने विपक्षी दलको तयारी
मंगलबार, जेठ १३, २०८२
प्रतिपक्षी दलहरूले भने आजको बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने तयारी गरेका छन् । भिजिट भिसा प्रकरणमा अनुसन्धान भइरहेकोले मन्त्री लेखकले राजीनामा दिनुपर्ने विपक्षी दलहरूको अडान छ ।
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
मंगलबार, जेठ १३, २०८२
पढाई लेखाइमा प्रगति हुनेछ। आम्दानीका नयाँ श्रोतहरू फेला पर्नेछन्। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। बिना प्रतिस्पर्धा फाइदा हुने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् ।दिन उपलब्धिमूलक रहनेछ। सहयोगी र शुभचिन्तकहरूले साथ दिनेछन्। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। रोकिएका काम पूर्ववत् बन्न थाल्नेछन्।
साताको लोकप्रिय

