प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आव्हान गरेका छन् ।
सोमबार भएको जेनजीहरुको प्रदर्शनपछि तनावग्रस्त अवस्था भएपछि ओलीले आज साँझ ६ बजे सर्वदलीय बैठक आव्हान गरेका छन् ।
उनले उत्पन्न परिस्थितिको मूल्यांकन गर्न र सार्थक निस्कर्षको लागि संवद्ध पक्षसँग संवादमा रहेको पनि दाबी गरेका छन् ।
कुनैपनि रुपको हिंसा राष्ट्रको हितमा नहुने भन्दै शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने उनले बताए ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२ १२:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय