Harsamaya
खानेपानीमन्त्री यादवले गरे राजीनामाको घोषणा
खानेपानी मन्त्री प्रदीप यादव ।

काठमाडौं - खानेपानी मन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिएका छन् । 

मंगलबार सामाजिक सञ्जालमार्फत उनले आफूले मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । 

उनले लेखेका छन्,‘प्रिय युवा भाइबहिनीहरु तपाइँ नै मेरो प्रथम सहयोगी र मेरो जोश र उर्जाका सुत्रधार हुनुहुन्छ । हिजो जेनजी युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु । हामी सबैलाई संयमता अपनाई युवा पुस्तालाई सहि मार्ग दर्शन दिन र सहयोग गर्न अपिल गर्दछु ।’
 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १२:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update