विकासको मूलधारबाट कुनै समूदाय पछाडि पर्नु हुँदैन : मन्त्री यादव
शनिबार, साउन ३, २०८२
यसैगरी मन्त्री यादवले खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोडेर नागरिकको जीवनस्तर सुधार गर्ने सरकारको प्रयास निरन्तर जारी रहेको भन्दै झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजनाले विकासको सम्भावना र नागरिकको चाहनालाई मूर्तरूप दिने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री सिंह र खानेपानी मन्त्री प्रदीप यादवबिच भेटवार्ता, खानेपानी समस्या समाधानको लागि अभियानकै रूपमा काम गर्ने सहमति
बुधबार, असार ३२, २०८२
संघीय र प्रदेश सरकारका संयन्त्रहरूलाई संयुक्त रूपमा परिचालन गर्दै खानेपानी संकट अन्त्यका लागि क्रियाशील गर्ने कार्य सुरु भएको छ । संघीय र प्रदेश सरकारले भएका साधन स्रोतको अधिकतम प्रयोग गरी खानेपानी समस्या समाधान गर्ने र खानेपानीसँग सम्बन्धित सशर्त योजनाहरूलाई तत्काल कार्यान्वयन गरिने गरी काम अगाडी बढाइनेछ ।
-1750668982.jpg)
९० प्रतिशत जनसङ्ख्यालाई खानेपानी पुर्याउन बजेट र जनशक्तिको अभाव छ’
सोमबार, असार ९, २०८२
यसै गरी मन्त्री यादवले ९० प्रतिशत जनसङ्ख्यालाई खानेपानी पुर्याउन बजेट र जनशक्तिको अभाव रहेको जानकारी दिए । उनले भने, ‘अहिलेसम्म ९८ प्रतिशत जनसङ्ख्यालाई आधारभूत खानेपानी तथा २८ प्रतिशत जनसङ्ख्यालाई सुरक्षित खानेपानी पुगेको छ । ९० प्रतिशत जनसङ्ख्यालाई सुरक्षित खानेपानी पुर्याउन बजेट र जनशक्तिको अभाव छ । बजेट नबढाए लक्ष्यमा पुग्न...

खानेपानीका आयोजना निर्माणमा ढिलासुस्ती गर्नेलाई उन्मुक्ति दिइने छैन : मन्त्री यादव
सोमबार, जेठ १९, २०८२
उनले भने, ‘खानेपानी जस्तो अत्यावश्यक चीजलाई ढीलासुस्ती गर्ने कार्य किमार्थ स्वीकार्य छैन । खानेपानीका आयोजना तोकिएकै समयमा सम्पन्न गर्नु पर्छ । अब सहेर बसिँदैन, कानुनी दायरामा ल्याइने छ ।’

‘सिंहदरबारमा अब बोतल र जारको पानी बन्द गरिने’
बुधबार, वैशाख १०, २०८२
उनले भने,‘सिंहदरबारमा वर्षौदेखि प्रयोग हुँदै आएका जार, बोतलको पानी विस्थापित गर्ने लक्षअनुसार काम अगाडी बढी रहेको छ । यहाँ चाडै मेलम्चीको शुद्ध खानेपानी वितरण हुन्छ।’

मन्त्री यादवद्वारा मेलम्चीमा छड्के अनुगमन
आइतबार, चैत ३१, २०८१
अनुगमनका क्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागमा सबै कर्मचारी हाजिर रहेको भेटिएको तथा मेलम्ची खानेपानी विकास समितिमा १६ जना गैर हाजिर भएको पाइएको मन्त्रालयका सहसचिव रामबाबु पुरीले जानकारी दिए । उनले भने, ‘मन्त्रीज्यूले गरेको आकस्मिक छड्के जाँचका क्रममा मेलम्ची खानेपानी विकास समितिमा १६ जना कर्मचारी गैर हाजिर भएको भेटिएको छ...

घाटामा रहेका खानेपानी संस्थानलाई नाफामा ल्याएरै छोड्छौँ- मन्त्री यादव
बिहीबार, फागुन १५, २०८१
मन्त्री यादवले पाइपलाइन फुट्ने, चुहिने, फोहर तथा ढल मिसिएर पानी आउने समस्या तत्काल समाधान गर्नुपर्नेमा विशेष ध्यानाकर्षण गराए । उनले कर्मचारीहरूलाई निर्देशन दिँदै भने, ‘खानेपानी सेवामा कुनै लापरबाही हुनुहुँदैन । नागरिकलाई शुद्ध, सुरक्षित र गुणस्तरीय पानी उपलब्ध गराउने हाम्रो दायित्व हो । संस्थानलाई नाफामा ल्याएरै छोड्छौँ ।’

विद्युत् प्राधिकरणले समन्वय नगर्दा बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुट्यो : मन्त्री यादव
बुधबार, माघ ३०, २०८१
मन्त्री यादवले पाइपलाइन तत्काल मर्मत गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुखलाई निर्देशन दिइसकेको बताए । उनले भने, ‘फुटेको पाइप चाँडै मर्मत गरी पानी पठाउने छौँ ।’

२७ प्रतिशत नागरिकले मात्रै शुद्ध पानी पिउन पाएका छन् - मन्त्री यादव
बिहीबार, माघ २४, २०८१
अबको एक वर्षमा ५७ प्रतिशतले उक्त सुविधा प्राप्त गर्ने गरि सरकारले काम गरिरहेको र खानेपानी आयोजना निर्माणमा नागरिकको लगानी ३० प्रतिशत उपभोक्ता समितिलाई कर तिर्नुपर्ने बाध्यता भएको बताउँदै उनले यो सबै नागरिकको हितमा नभएको बताए। हामी यस्ता निर्देशिका खारेजीको तयारीमा छौँ मन्त्री यादवले भने।

सामुदायिक खानेपानी प्रणालीमाथि लाग्दै आएको कर खारेज गरिन्छ: मन्त्री यादव
शनिबार, माघ १९, २०८१
खानेपानीमन्त्री प्रदीप यादवले ‘जनताको पानी सरकारको लगानी’ अवधारणाअन्तर्गत सामुदायिक खानेपानी प्रणालीमाथि हाल लाग्दै आएको कर खारेजको प्रक्रिया अघि बढाइने बताएका छन् ।

‘खानेपानीको क्षेत्रमा देखिएका समस्या समाधान गरिने छ’
शुक्रबार, माघ १८, २०८१
खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको क्षेत्रमा देखिएका समस्या दीर्घाकालीन रुपमा समाधान गर्न मन्त्रालय कटिबद्ध रहेको बताएका छ् ।

बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
बिहीबार, पुस १८, २०८१
खानेपानीमन्त्री प्रदीप यादवले आगामी वर्षदेखि बर्खामा पनि काठमाडौँमा मेलम्चीको पानीको आपूर्ती बन्द नहुने बताएका छन् ।
आज मन्त्रालयमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा मन्त्री यादवले विगतका बर्खामा काठमाडौँमा पानी आपूर्ति बन्द हुने भए पनि अब भने बाह्रै महिना पानी आपूर्ति गर्ने गरी काम भइरहेको बताएका हुन् । उनले भने, “विगतमा बर्खा सुरु...
साताको लोकप्रिय