Harsamaya
मुख्यमन्त्री सिंह र खानेपानी मन्त्री प्रदीप यादवबिच भेटवार्ता, खानेपानी समस्या समाधानको लागि अभियानकै रूपमा काम गर्ने सहमति
मुख्यमन्त्री सिंह र खानेपानी मन्त्री प्रदीप यादवबिच भेटवार्ता ।

जनकपुर - मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवबिच जनकपुरधाममा भेटवार्ता भएको छ ।

मंगलबार भएको भेटवार्तामा मधेस प्रदेशमा विद्यमान खानेपानी समस्या समाधानको लागि संघीय र प्रदेश सरकारले संयुक्त रूपमा अभियानकै रूपमा अगाडी बढ्ने सहमति भएको छ ।

संघीय र प्रदेश सरकारका संयन्त्रहरूलाई संयुक्त रूपमा परिचालन गर्दै खानेपानी संकट अन्त्यका लागि क्रियाशील गर्ने कार्य सुरु भएको छ । संघीय र प्रदेश सरकारले भएका साधन स्रोतको अधिकतम प्रयोग गरी खानेपानी समस्या समाधान गर्ने र खानेपानीसँग सम्बन्धित सशर्त योजनाहरूलाई तत्काल कार्यान्वयन गरिने गरी काम अगाडी बढाइनेछ ।

जनताले भोगिरहेको खानेपानी सङ्कटका वेला जनताकै साथमा खडा भई दुवै तहका सरकारको अनुभूति हुने गरी काम अगाडी बढाउन सरोकारवाला मन्त्रालय र निकायलाई निर्देशन दिइएको छ ।

 

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update