ललितपुरमा प्रहरीको भ्यान जलाइयो (भिडियोसहित)
काठमाडौं - ललितपुर महानगरपालिकाका विभिन्न स्थानहरुमा प्रदर्शनकारीहरुले आगजनी र तोडफोड गरिएको छ ।
मंगलबार ललितपुर जिल्ला प्रशासनले निषेज्ञ आज्ञा जारी गरेपनि प्रदर्शनकारीहरुले आगजनी र तोडफोड गरिरहेका हुन् ।
ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान समेत जलाएका छन् ।
आगजनीबाट भ्यान पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने सो क्षेत्रमा आन्दोलनकारीहरुले सरकारविरोधी नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२ १२:२०
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा/अपराध
साताको लोकप्रिय