Harsamaya
रसुवाको बाढीपछि बलेफीका सातसहित धेरै जना सम्पर्कविहीन
हराएका व्यक्तिहरू ।

सिन्धुपाल्चोक - रसुवामा बुधबार बिहान आएको भीषण बाढीपहिरोपछि सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका सात जनासहित धेरै जना सम्पर्कविहीन भएका छन्।

बाढीपहिरोपछि सन्तोष तामाङ, दिपेश पराजुली, सरोज पराजुली, भुवन कोइराला, सुरेन्द्र नेपाल, राजन तामाङ र राजु श्रेष्ठ हालसम्म परिवार तथा आफन्तको सम्पर्कमा नआएको जनाइएको छ।

सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको छ।

उनीहरूलाई कसैले देखेको वा उनीहरूका बारेमा कुनै जानकारी प्राप्त भएमा तत्काल सम्बन्धित परिवार वा आफन्तलाई जानकारी गराउन आग्रह गरिएको छ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update