Harsamaya
रेडक्रस सोसाइटीले भन्यो - रगतको अभाव हुन दिएका छैनौं  
प्रतिकात्मक तस्वीर ।

काठमाडौं - जेनजी पुस्ताको आन्दोलन चर्किरहेका बेला रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटीले विशेष सजकता अपनाएको जनाएको छ ।

सोसाइटीले रगतको अभाव नभएको जनाएको छ । सोसाइटीको मानवीय मुल्य तथा संचार विभाग निर्देशक विपुल न्यौपानेले  रगतको अभाव भएको भन्ने समाचार गलत भएको जनाए । 

सोमबार भएको आन्दोलनका क्रममा धेरै घाइते भएपनि रगतको अभाव हुन नदिएको उनले जानकारी दिए । 

‘अहिलेको अवस्थालाई धान्न सक्ने रगत हामीसँग उपलब्ध छ । कतिपयले स्वस्फूर्त रुपमा रगत दिइरहेका छन् । रक्तसन्चार केन्द्र भृकुटीमण्डपलगायत अन्य स्थानमा पनि इमरजेन्सी रक्तदानको कार्यक्रमहरु चलाइरहेका छौं,’ उनले भने ।   
 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १२:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update