विपद्मा नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व : डा. शेखर
काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विपद्को समयमा नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई युद्धस्तरमा अघि बढाउन सरकारको ध्यानाकर्षण गराउँदै उनले संकटमा परेका नागरिकको उद्धारमा पार्टीका सम्पूर्ण साथीहरूलाई जुट्न आग्रह गरेका छन् ।
बाढीको बहाव बढ्न सक्ने भन्दै कोइरालाले तल्लो तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहन समेत अपिल गरेका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३ १२:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

