१०६ बोरा गहुँ र २८ बोरा कनिका बरामद
बुधबार, वैशाख ३१, २०८२
उनका अनुसार घरअगाडिको खेतमा जम्मा गरेर राखेकै अवस्थामा बरामद गरिएको हो । जसको बजार मूल्य रु २ लाख ३१ हजार २० रुपैया बराबर रहेको जनाइएको छ ।

सशस्त्रको प्रवक्ताको जिम्मेवारी डीआईजी कालिदास धौवजीले पाए
बुधबार, वैशाख २४, २०८२
सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) कालिदास धौवजीलाई दिइएको छ।

अवैध ढंगले भित्रिने सेतो अण्डा नष्ट गर्ने अभियानमा सशस्त्र प्रहरी
बिहीबार, चैत १४, २०८१
मुख्यमन्त्री सतिशकुमार सिँहले अवैध ढङ्गले भित्रिने अण्डा, चल्ला, तयारी कुखुरा, कुखुराको मासु, क्रेट, कार्टुन र भ्याक्सिनको ओसारपसार नियन्त्रण गर्न प्रदेशस्थित उच्चपदस्थ सुरक्षा अधिकारीलाई निर्देशन दिएयता कडाईका साथ उक्त अभियानमा सशस्त्र प्रहरी बल लागिपरेको देखिएको छ ।

१२० सशस्त्र प्रहरी कारबाहीमा
मंगलबार, फागुन ६, २०८१
सशस्त्र प्रहरीले चार जना प्रहरी नायब निरीक्षक, पाँच जना सहायक निरीक्षक, ६ जना वरिष्ठ हवल्दार, तीन जना हवल्दार, नौ जना सहायक हवल्दार, ९१ जना जवान र दुई जना परिचरलाई कारबाही गरेको हो । उनीहरूलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाइबुझाइ गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता कुमार न्यौपानेले...

सशस्त्र र नेपाल प्रहरीलाई समयानुकूल बनाउने प्रयासमा सरकार
शनिबार, माघ २६, २०८१
‘नागरिकतासम्बन्धी विधेयक संसद्मा दर्ता भएको छ । अब चाँडै अध्यागमनसम्बन्धी ऐन संशोधनको प्रस्ताव पनि संसद्मा लैजाने तयारी छ । निर्वाचनसम्बन्धी ऐन अगाडि बढाएका छौँ । जग्गा प्राप्तिसम्बन्धी कानुन संशोधनको काम अगाडि बढेको छ’ , उनले भने, ‘यस्तै संघसंस्थासम्बन्धी नयाँ कानुन बनाउने काम अगाडि बढेको छ । तीन वटा कानुन संशोधनका...

सशस्त्र प्रहरीद्वारा पर्सामा २१ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद
मंगलबार, माघ ८, २०८१
सशस्त्र प्रहरी बलले चालु आवको ६ महिनामा १६ करोड ४७ लाख ४१ हजारको भन्सार छली गरेर भित्र्याइएका लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्टस्, खाद्यान्न पदार्थ र किराना सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ । त्यस्तै सोही अवधिमा रु चार करोड ६० लाख ८५ हजार मूल्य पर्ने बिलबिजक नभएका सामान भने...

संसद्मा पेस हुँदै प्रहरीसम्बन्धी विधेयक
शनिबार, पुस २७, २०८१
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेक संघीय संसदमा पेस गरिने भएको छ । शुक्रबार साँझको मन्त्रिपरिषद् बैठकले दुवै विधेयक संसदमा पेस गर्न स्वीकृति दिएको गृहमन्त्रीको स्वकीय सचिवालयले आज जनाएको छ ।

सर्लाहीमा बसको ठक्करले सशस्त्र प्रहरी निरीक्षकको ज्यान गयो
बुधबार, पुस १७, २०८१
सर्लाहीमा तीव्र गतिमा रहेको बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ। बलरा नगरपालिका-९, छतौना बोर्डर आउट पोष्ट (बीओपी)मा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरमाथि बस बजारिँदा उनको मृत्यु भएको हो।