Harsamaya
तालिम लिइरहेका आठ जना सशस्त्र प्रहरी जवान बेहोस
राजश्व भन्सार तथा औद्योगिक तालिम केन्द्र टीकापुर ।

धनगढी - कैलालीमा सशस्त्र प्रहरीको तालिम लिइरहेका आठ जना जवान बेहोस भएका छन् ।

राजश्व भन्सार तथा औद्योगिक तालिम केन्द्र टीकापुरमा तालिमरत आठ जना सशस्त्रका जवान शुक्रबार बिहान दौड्ने क्रममा बेहोस भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डाँगीले बिहान ९ बजेतिर उनीहरु बेहोस भएको जानकारी दिए ।

उनका अनुसार बेहोस हुनेमा तालिमरत जवान बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन् ।

उनीहरुलाई तत्काल टीकापुर अस्पताल लगेर अक्सिजन दिइएको थियो भने नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ । अत्याधिक गर्मीका कारण प्रशिक्षार्थीलाई असहज भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ८, २०८३  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update