Harsamaya
१०६ बोरा गहुँ र २८ बोरा कनिका बरामद
पर्साबाट सशस्त्र प्रहरीको टोलीले १ सय ६ बोरा गहुँ र २८ बोरा चामलको कनिका बरामद गरेको छ । 

रौतहट - पर्साबाट सशस्त्र प्रहरीको टोलीले १ सय ६ बोरा गहुँ र २८ बोरा चामलको कनिका बरामद गरेको छ । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हे.क्वा. पर्सा र प्रहरी सशस्त्र सुरक्षा गुल्म अलौबाट खटिएको संयुक्त टोलीले बिन्दवासिनी गाउँपालिका–४ स्थित अमरपट्टी नाकाबाट बरामद गरेको हो ।

भारतबाट अवैध रूपमा भन्सार छलि नेपाल भित्र्याइएको गहुँ र चामलको कनिका संयुक्त सुरक्षाकर्मी टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार घरअगाडिको खेतमा जम्मा गरेर राखेकै अवस्थामा बरामद गरिएको हो । जसको बजार मूल्य रु २ लाख ३१ हजार २० रुपैया बराबर रहेको जनाइएको छ । 

५३ क्विन्टल गहुँ  र  ११ क्विन्टल ६४ केजी चामलको कनिका रहेको उल्लेख गर्दै उनले आवश्यक कारबाहीका लागि  वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको बताए । सशस्त्र प्रहरीले भारतबाट भन्सार नतिरी खाद्यान्न नेपाल भित्र्याउने क्रम बढिरहेको र त्यसलाई नियन्त्रण गर्न सिमा क्षेत्रमा कडाइ गरेको जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update